बुटवलको ज्ञानोदय माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप सम्पन्न

बुटवल,असार २७

मनिषा बस्याल
बुटवलको ज्ञानोदय माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगत निम्न माध्यमिक र माध्यमिक स्तरीय कविता लेखन र वाचन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।बुटवल बहुमुखी क्याम्पसका अभ्यास शिक्षणका विद्यार्थीहरु द्घारा आयोजना गरिएको  कार्यक्रममा २८ जना विद्यार्थी सहभागी भएका थिए ।

प्रतियोगितामा निम्न माध्यमिक तह अन्तरगत कक्षा ७ का छात्रजीवन रोकाय प्रथम , कक्षा ७ कै छात्र दिपेश रोकाय  द्धितिय र कक्षा ७ कै  छात्रा आस्था अधिकारी तृतीय भएका छन त्यसै गरि  माध्यमिक  तर्फबाट  कक्षा ९ का छात्रा दर्शना आले प्रथम ,कक्षा १० का छात्रा अनिता मर्साङगी मगर द्भितिय र कक्षा  १० कि छात्रा सुजता भन्डारि तृतीय भएका छन । 

कविता प्रतियोगिताको निर्णयको भुमिकामा दिपक भैया मगर,मिना घिमिरे र सुमित्रा राज क्षेत्री रहनु भएको  थियो । अतिरिक्त साहित्य कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञानोदय मा वि का प्रधानाध्यापक टिकाराम शर्मा पौडेलले यस्ता अतिरिक्त र साहित्य कार्यक्रमले विद्यार्थीमा सृजनात्मक क्षमता अभिवृद्धि गर्ने बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता अभ्यास  शिक्षणका विद्यार्थी नेत्र बहादुर नेपालीले गर्नु भएको  थियो। विशिष्ट अतिथि बुटवल बहुमुखी क्याम्पस द्धारा शिक्षाशास्त्र विज्ञानका आन्तरिक सुपरिवेक्षक शान्ति ज्ञवाली, अतिथिको रुपमा विद्यालयमा शिक्षक लक्षमी पन्त , पुष्पा खनाल,देव न्यौपाने र सिद्धार्थ  क्याम्पसका अभ्यास शिक्षणका लिडर राधिका नगरकोटि हुनुहुन्थ्यो । प्रतियोगिता अस्मिता गिरीको स्वागत मनिषा बस्याल नेपालिले कार्यक्रमको संचालन  गर्नुभएको  थियोे।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update