सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

काठमाडौँ, असार ३०
सुनको भाउ आज सोमबार तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य २ हजार २८५ रुपैयाँ थियो।
प्रकाशित मिति: सोमबार, असार ३०, २०८२ १४:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय