नेप्से लगातार साताैं काराेबार दिन बढ्याे

काठमाण्डौ,साउन ७
शेयर बजार लगातार सातौं कारोबार दिन बढको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १७ अङ्कले बढेर २ हजार ९ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ ।आज बैंक, विकास बैंक, होटल, बीमा, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज ट्रेड टावर र सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।

हिजो २० अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका ४ करोड ४८ लाख कित्ता शेयर १९ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।यसैबीच बजार पूँजीकरण अर्थात् लगानीकर्ताको सम्पत्ति अहिलेसम्मकै उच्च ४९ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update