तोलामा १३०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ,साउन २७
मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय