सुन तोलाको दुई लाख १० हजार ४ सय रुपैयाँ पुग्यो

काठमाण्डौ ,भदौ २०
सुनचाँदीको भाउमा कीर्तिमान कायम गरेको छ । सुन आज एकैदिन दुई हजार पाँच सय रुपैयाँ बढेर तोलाको दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुइृ लाख सात हजार नौ सय रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउले पनि कीर्तिमान कायम गरेको छ । चाँदी आज तोलाको १० रुपैयाँ बढेर तोलाको दुई हजार चार सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो तोलाको दुई हजार चार सय ८० रुपैयाँ थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२ १२:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय