सुनको भाउ आज ४ हजार २०० रुपैयाँले घट्यो

काठमाण्डौ,असोज २४
लगातार बढिरहेको सुनको भाउ आज चार हजार दुई सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको थियो । अस्ति सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।

गएको शुक्रवारदेखि सुनको भाउमा कीर्तिमान बन्दै आएको थियो । त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज एकैदिन ६० रुपैयाँले बढेर तोलाको तीन हजार ८५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार २५ रुपैयाँ थियो ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update