रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाको अध्यक्षमा काफ्ले र महासचिवमा पाण्डे निर्वाचित

सिड्नी ,मंसिर ९
रुपन्देही  सामाजिक  संजाल  अष्ट्रेलियाको  शनिवार सम्पन्न चौथो  अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । संजालले एक कार्यक्रमका बिच सर्बसम्मत रुपमा आगामि  २  वर्षका लागि दिवाकर काफ्लेको  नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा रंजिता भण्डारी,महासचिवमा सूचना पान्डेय, सचिवमा कमल चापागाइ, कोषाध्यक्षमा प्रदिप पन्थी , र सदस्यहरुमा पदम अधिकारी, योगेश पराजुली, राजु खनाल,झ्यागंजी खरेल ,संयोग गौतम ,रे खरेल ,श्रृजना खड्का ,शंकर शर्मा ,घनश्याम पाण्डे ,बसन्त भण्डारी ,सुनिता न्यौपाने रहनुभएको छ । 
त्यस्तै सल्लाहकारहरुमा डा. प्रकाश पौडेल ,रोशन कोइराला ,शुशील नेपाल ,टि एन अर्याल,राम चालीसे, चुन्ना क्षेत्री, प्रमोद कार्की, चयन हुनुभएको छ । 

अधिबेशनले संस्थाको नियमअनुसार साँस्कृतिक संयोजकमा प्रदिप खनाल, महिला संयोजकमा गायत्री पौडेल, परियोजना संयोजकमा कमल भण्डारी ,प्रविधि संयोजकमा सरोज पाण्डे, पव्लिक रिलेशन आफिसरमा राजन खड्का, खेलकुद संयोजक सरोज पाठक जिम्मेवारी दिएको छ भने संस्थाको संरक्षकमा राज खनाल, कृष्ण गैरे, इश्वर पोखरेल, मुक्ति राम पोख्रेल रहनुभएको नवनिर्वाचित महासचिव सूचना पाण्डेले जानकारी दिनुभयो । 
 

यसभन्दा अगाडी कार्यक्रममा बोल्दै संस्थाका निबर्तमान अध्यक्ष मुक्तीराम पोखे्रलले जन्मभूमी नेपाल भएपनि कर्मभूमी अष्ट्रेलिया बनाएका हामी आफ्नो माटोको सुगन्ध बोकेर हिडिरहेका छौं ,भन्नुभयो । पोख्रेलले आगामी दिनमा संस्थाले अझै रचनात्मक कामगर्दै जाने क्रममा आफनो साथ सहयोग निरन्तर रहने बताउनुभयो । 

नवनिर्वाचित अध्यक्ष दिवाकर काफ्लेले संस्थाको माध्ययमबाट निरन्तर सामाजिक काम गर्दै जाने बताउनुभयो । काफ्लेले नेतृत्वमा जो आएपनि संस्थाको मुख्य उदेश्यमा सबैले हातेमालो गर्नसके मात्रै समाजमा उदाहरणीय काम गर्नसकिने बताउदै अबको २ बर्ष सस्थाको नेतृत्वमा पठाउनुभएकोमा सम्पुर्ण टिमलाई धन्यवाद ब्यक्त गर्नुभयो । 

 

  

अधिवेशन समारोहमा प्रमुख अतिथि महामहिम राजदुत कैलाश राज पोख्रेल, एन.आर.एन. अन्तराष्ट्रीय समन्वय परिषदका उपाध्यक्ष डा. विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, ओसियानाका अरुण कुमार ठाकुर, एन .आर .एन .ए .अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल, समाजसेवी डा.नारायण प्रधान, फेन्काका उपाध्यक्ष डा. मधु पुडासैनी, प्रवासी नेपाली मन्च अन्तराष्ट्रीय उपाध्यक्ष रमेश पाण्डे, सदस्य विजय फुयाल, अष्ट्रेलियाका अध्यक्ष केशव जोसी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । 

नेपालबाट बिदेशमा पुगेका रुपन्देहीका प्रवासी नेपालीहरुले आफ्नोपन महसुस गरुन भन्ने उदेश्यका साथ २०१५ मा रुपन्देही सामाजिक सञ्जाल स्थापना गरिएको हो । 

 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update