
बुटवल, साउन १८
सिद्वबाबा मन्दिर तिनाउ ३ , पाल्पाको आयोजनामा कुहिरे भिरमाअवस्थित सिद्व आकाश गंगाबाट जल उठाई परोहा परमेश्वरधाममा जल अर्पण तथा कपिलबस्तुमा रहेको पबित्र वाणगंगा नदिबाट जल उठाई सिद्वबाबामा जलार्पण कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रमुख अतिथि धर्म गुरु ब्यासाआचार्य किशोर कुमार गौतमले साउन महिनाको आफ्नै महिमा भएको बताउदै सिद्धबाबा मन्दिरले गरेका धार्मिक कार्यक्रम उत्कृष्ट भएको उल्लेख गर्नुभयो । उहँको आगामी दिनमा पनि धर्म सस्कृति र हाम्रा रहनसहनका बारेमा सचेतना फैलाउने कार्य गर्न आग्रह गर्नुभयो । उहाँले सत्सङ्ग तथा आशिर्वचन प्रदान गर्नु भएको थियो।
पर्र्रोहा बोलबम धामका अध्यक्ष चित्र बहादुर कार्कि र कपिलबस्तु वाणगङगा शिवालय तथा लक्ष्मणघाटका अध्यक्ष रण बहादुर काउछाले सबैको सामुशिहक प्रयास मात्रै धार्मिक पर्यटन प्रवद्धन र प्रचारप्रसारमा सहयोग पुग्ने बताउदै यस्ता भेटघाट र यात्राले एक आपसमा सद्भाव कायम हुने उल्लेख गर्नुभयो ।
सहभागिका तर्फबाट जनजागरण महिला समुह २ का रिता गुरुङ र कमला बस्नेत्ले मन्दिर बिकास समितिले आम महिला दिदि बैनिहरुलाइ तिर्थाटन तथा बिभिन्न धार्मिक गतिबिधिमा सरिक गराएको बताउदै क्षमता तथा आध्यातिमक क्षेत्रमा महिलाको पहुच बृद्विमा ध्यान दिएको भन्दै समितिको प्रशंशा गरेका थिए ।
कार्यक्रम सिद्वबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले मन्दिर विकास समितिले गर्दै आएका कार्यक्रम र श्रावणी मेलाका बारेमा जानकारी गराउनुभएको थियो । १५० जना भक्तजनको सह्भागिता रहेको कार्यक्रमको संचालन सचिव अरबिन्द पाण्डेले गर्नुभएको थियो ।