बुटवल,कार्तिक १८
गएराती आएको भुकम्पमा परि पश्चिम नेपालमा ठुलोजनधनको क्षति भएपछि नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा आज शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको छ ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के।सीले प्रेस बिज्ञप्ती जारी गरि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको हो ।
गएराति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण ठुलो जनधनको क्षति भएको छ । भुकम्पमा परी जाजरकोट ,रुकुम लयागतका भुभागमा धेरैले ज्यान गुमाएमका छन्,भने थुप्रै घाईते भएका छन् । ज्यान गुमाउनुहुने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।, केसीले जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
केसीले बिज्ञप्ती मार्फत भुकम्पमा परेर घाईते भएकाहरुको प्रभावकारी उद्धार र राहतका लागी सरकारको गम्भिर ध्यानाकर्षण समेत गराउनुभएको छ । कार्यक्रम आज दिउँसो १ बजदेखि साझ ५ बजेसम्म नेकपा (एमाले) का उपाध्यक्ष, रुपन्देही क्षेत्र नं. २ का सांसद, पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने तयारी गरिएको थियो ।


