एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर र सचेतकमा लामिछाने नियुक्त

दाङ जेठ २५
नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछाने नियुक्त हुनुभएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी प्रदेश सभाको विधान अनुसार प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलबस्तुका नवराज लामिछानेलाई नियुक्त गर्नुभएको हो । दुवै जनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको छ ।

यस अघि प्रमुख सचेतक रहनुभएका रुपन्देहीका तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका मगर हुनुहुन्थ्यो । चौधरीले सोमबार नै कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रीको सपथ ग्रहण गर्नुभएको छ ।त्यस्तै सचेतक रहनुभएकी रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update