प्रदेश प्रमुखद्वारा दुई बिधयेक प्रमाणीकरण
                        
                        
                                                
                                             
                                                                    बुटवल,असार ३०
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाबाट पारित दुई बिधयेक प्रमाणीकरण गर्नुभएकाे छ ।
प्रमुख शेरचनले आज आइतबार लुम्बिनी प्रदेश सरकारको अर्थ सम्बन्धी बिधयेक र आर्थिक बर्ष २०८१/२०८२ को सेवा र कार्यको लागि प्रदेश संचित काेषबाट केही रकम बिनियाेजन र खर्च गर्न बनेकाे बिधयेक प्रमाणीकरण गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सभाको बैठकबाट पारित बिधयेकहरू संविधानकाे धारा २०१ काे उपधारा (२ )बमोजिम प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयकाे प्रबक्ता धर्मा अर्याल बेल्वासेले बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २१:४९
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                         
                                         
                                         
                                         
                     
                     
                    