
बुटवल, भदौ १५
नेकपा एमाले,लुम्बिनी प्रदेश स्कुल विभागले पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धि तीन दिवसीय प्रशिक्षण कार्यक्रम आइतवार बुटवलको जीवराज स्मृति प्रतिष्ठानमा सम्पन्न गरेको छ ।
प्रशिक्षणको समापन गर्दै लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीका पालिकास्तरीय अध्यक्षहरुलाई पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धि प्रशिक्षणले पार्टीलाई चुस्तदुरुस्त र गतिशील बनाउने बताउनुभयो । देशकै उत्कृष्ट र जनमुखी पार्टी एमाले बनाउने अभियानलाई सफल बनाउन नेता, कार्यकर्ताहरुलाई विचार,संगठन र क्रियाशीलतामा जोड दिन प्रशिक्षणको आयोजना गरिएको उहाँको तर्क थियो ।
भाद्र १३ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त बन्द प्रशिक्षणमा भोजप्रसाद श्रेष्ठ,दलबहादुर गुरुङ, युवराज घिमिरे, डीआर घिमिरे,कल्पना थापा,बाबुराम बिक,बद्री खनाल, नरबहादुर घर्तिले बैठक सञ्चालन, माइन्यूट लेखन, तालिम व्यवस्थापन तालिम, विकास निर्माणमा एमालेको दृष्टिकोण,लेखाविधि, प्रचारशैली, जनसंगठन र पार्टीबीच समन्वय,पार्टी सञ्चालन र व्यवस्थापन र अर्थराजनीति विषयहरुमा उल्लेखित प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।
उक्त समापन सत्रको अध्यक्षता प्रदेश पार्टी स्कुल विभागका प्रमुख भोजप्रसाद श्रेष्ठले गर्दै सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो । पहिलो चरणमा नवलपरासी,रुपन्देही र कपिलवस्तुभित्र रहेका पालिका कमिटी अध्यक्षहरुलाई सोही विषयमा तालिम दिईएको थियो ।