 
                                                                    बुटवल,असार ३०
लायन्स क्लब अफ शंकरनगर बाटिका र लायन्स क्लब अफ मेरिगोल्डको संयुक्त आयोजनामा आईतबार बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । शंकरनगरमा रहेको दुर्गादत्त माध्यमिक बिद्याल परिसरमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक ३२५ पि नेपालका लायन्स डिष्ट्रिक गर्भनर पिएमजेएफ लायन्स पुरोषत्तमभक्त प्रधानाङ्गले वातावरण जोगाउनु सबै नागरिकको दायित्व भएको हुदा लायन्स क्बलले पनि बृक्षरोपण कार्यक्रम गनुपर्ने बताउनुभयो । उहाँले बोट बिरुवा रोपेर मात्र नहुने बताउँदै बिरुवाको सरक्षण गर्नपनि आग्रह गर्नुभयो । लायन्स क्लब अफ तिलोत्तमा मेरिगोल्डका अध्यक्ष शान्ती शर्माले पर्यावरणीय सन्तुलन कायम राख्न वृक्षरोपणको महत्वपूर्ण भुमिका रहेको बताउदै बातावरण संरक्षण र हरियाली प्रबद्र्धनका लागि बृक्षरोपण कार्यक्रम गरिएको बताउनुभयो ।

लायन्स क्लब अफ शंकरनगर बाटिकाका अध्यक्ष गिता खनालले बातावरणलाई स्वच्छ र हराबरा बनाउन बृक्षरोपण कार्यक्रम गरिएको बताउनुभयो । उहाँले बृक्षारोपण गर्ने मात्र नभई त्यसलाई हुर्काउने र हराबरा बनाउने दायित्व क्लवको रहेको भन्दै बृक्षरोपण स्थलमा रहेका बिरुवाको संरक्षण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
बिद्यालयका प्राचार्य चण्डी प्रसाद पाण्डेले बृक्षरोपण कार्यक्रमका लागि शिक्षाको पवित्र स्थल दुर्गादत्त माध्यमिक बिद्यालय छनोट गरेकोमा दुबै क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । पाण्डेले भोलिका देशका कर्णधारहरुले पनि यस्ता कार्यक्रम बिद्यालय हाता भित्र आयोजना गरिएको देख्दा बृक्षरोपण गर्नुपर्दो रहेछ, भन्ने कुरा सिक्नसक्ने बताउनुभयो । 
कार्यक्रममा बिशिष्ट अतिथि डिष्ट्रिक ३२५ पि नेपालका लायन्स फस्ट डिष्ट्रिक गर्भनर पिएमजेएफ बालाराम भट्टराई, अतिथिहरु डिष्ट्रिक ३२५ पि नेपालका लायन्स सेकेण्ड डिष्ट्रिक गर्भनर सन्दीप कसौधन, डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक सेक्रेटरी लायन्स माधव खनाल, डिष्ट्रिक कोर्डिनेटर जिएलटी अनिल श्रेष्ठ लगायतले बोल्दै बृक्षरोपण आजको आवश्यकता भएको औल्याउनु भएको थियो ।
सोही क्रममा अशोका, बेलपत्र,कपुर, निम लगायत बिभिन्न प्रजातिका विरुवाहरु रोपिएको तिलोत्तमा मेरिगोल्डका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक कमला ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रममा लायन्स क्लब शंकरनगर बाटिकाका संस्थापक अध्यक्ष राजश्रि गौतम ,रिजन चियर पर्सन चिरञ्जीवी अधिकारी , जोन चियर पर्सन साधना भन्डारी, लायन्स क्लब शंकरनगर बाटिकाका पुर्ब अध्यक्ष रुपा गुरुङ ,पुर्ब अध्यक्ष सीता पौडेल,लायन्स क्लब तिलोतमा मेरिगोल्डका निवर्तमान अध्यक्ष कमला ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम आयोजक क्लबका अध्यक्ष द्धय शान्ती शर्मा र गिता खनालको अध्यक्षता , लायन्स क्लब शंकरनगर बाटिकाका सदस्य तथा कार्यक्रमका संयोजक लक्ष्मि पौडेलको स्वागत , लायन्स क्लब तिलोतमा मेरिगोल्डका सचिब जुना पुरिको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रमा आयोजक क्लबका सदस्य , बिद्यालयका शिक्षक बिद्यार्थी, लायन्सका लिडरहरुको उपस्थिति रहेको थियो ।
 


 
                                         
                                         
                                         
                                         
                     
                     
                    