-1721304844.jpg) 
                                                                    बुटवल,साउन ३
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीसंग नेपालको मित्र राष्ट्र जनवादी गणतन्त्र चिनको सान्सी प्रान्तमा रहेको त्यहाँको सरकारी आमसञ्चार माध्यम सान्सी टेलिभिजनका स्टेशन अफिसर तथा अध्यक्ष मिसेस यू जीले भेटघाट गर्नुभएको छ । 
उहाँँको साथमा युजीका दुई सन्तान जो यहाँ लुम्बिनी बौद्ध विश्वविद्यायको देवदह स्थित प्रशासनिक भवनमा नेपाली विद्यार्थीलाई चाइनिज भाषा सिकाउन सहजीकरण समेत गरिरहनुभएकोछ । युजीका साना छोरा ह्यारी, उहाँ कक्षा ११ का विद्यार्थी हुनुहुन्छ ।
बुद्ध जन्मस्थल नेपालमा पुगेर केही जान्न चाहेको बताउँदै उहाँ यहाँ आएको बताउनुभयो।अर्का छोरा लियो अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा स्नातक तहमा अर्थशास्त्र र गणित विषयमा अध्ययन गर्दै गर्दा बिदा लिएर बुद्ध जन्मस्थलमा आएको बताउनुहुन्छ ।

उहाँहरुको टोलीले देवदह स्थित लुम्बिनी विश्वविद्यालयको प्रशासनिक भवनमा रहेको कक्षमा त्यहाँका विद्यार्थीलाई चाइनीज भाषा सिकाउने गरेको उनीहरुसंग सहजीकरण गरिरहेका चिनिया भाषा विज्ञ समेत रहेका डा.सागर न्यौपानेले बताउनुभयो ।
पत्रकार युजीले नेपालमा कृषि र पर्यटनमा प्रचूर सम्भावना रहेको र त्यसलाई साकार पार्न सरकार मातहत रहेको आफ्नो मिडियाका तर्फबाट चिनमा गएर विशेष पहल गर्ने बताउनुभयो । यो कामका लागि दुबै मुलुकका दुबै प्रान्तका बीचमा सहकार्यको खाँचो रहेको उहाँँको भनाइ थियो ।
 


 
                                         
                                         
                                         
                                         
                     
                     
                    