 
                                                                    गुल्मी ,साउन,२६
गुल्मीका रिषीराम कंडेललाई संघिय सांसद चन्द्र भण्डारी र शुनिल शर्माले ल्यापटप उपहार पठाउनुभएको छ । छत्रकोट गाउँपालिका वडा नं ४ निवासी रिषीराम कंडेललाई भण्डारी र शर्माले पठाएको ल्यापटप शुक्रवार हस्तान्तरण गरिएको छ ।
रिषीले गत वर्षको एसइई परिक्षामा खुट्टाका २ औंला मात्रले लेखेर ३।३७ जिपिए ल्याएर उत्तिर्ण भएका थिए । आफ्नो निर्वाचन क्षेत्रका अभुतपुर्व क्षमता भएका बालकको मनोवल उच्च राख्न र यस्ता क्षमता भएका बालक केवल एक परिवारको मात्र नभई सिंगो राष्ट्रको गहना हुन भन्ने संदेश दिन उनको तत्कालको आवस्यकता भएको ल्यापटप उपहार पठाएको सांसद भण्डारीले बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका भण्डारीले स्वास्थ्यका कारण आफु भेटन आउन नपाएको र अव गुल्मी आउँदा रिषीलाई भेट्ने समेत बताउनुभयो । ल्यापटप हस्तान्तरण गर्न नेपाली कांग्रेस छत्रकोटका सभापती धातानन्द भुसाल, रिषीले अध्ययन गरेको श्रृगां जनता माध्यमिक बिद्यालय व्यवस्थापन समिती अध्यक्ष रामचन्द्र कंडेल, वडा सभापती भेषराज कंडेल, समाजसेवी शंकर टण्डन, सावित्रा टण्डन, पत्रकार भुवन भुसाल, बिधान कंडेल लगायत रिषीको घरमा पुग्नुभएको थियो ।
ल्यापटप पाएपछी रिषीले यो सहयोग आफ्ना लागी असाध्यै महत्वपुर्ण रहेको भन्दै सांसद भण्डारी र शर्मालाई धन्यवाद व्यक्त गर्नुभयो । रिषीका बुवा लक्ष्मण कंडेलले छोरालाई उपहार पठाएर सांसद भण्डारी र शर्माले ठुलो गुन लगाएको वताउँदै आभार व्यक्त गर्नुभयो ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    