 
                                                                    बुटवल,भदौ ११
सामाजिक कार्यमा यस क्षेत्रका क्लबहरु सक्रिय हुदै गएका छन् । बुटवलमा रहेका चार वटा लायन्स क्लबले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।
लायन्स क्लब अफ शंकरनगरवाटिका,लायन्स क्लब अफ तिनाउ, लायन्स क्लब अफ तिलोत्तमा सुर्यमुखि,र लायन्स क्लब अफ तिलोत्तमा मेरिगोल्डको संयुक्त आयोजनामा शनिबार तिलोत्तमाको डिङ्गरनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अध्यक्ष रिजन १४ का रिजन चेयर पर्सन चिरन्जीबी अधिकारीले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।अधिकारीले सबै क्लबको सामाजिक कार्य गर्ने उदेश्य भएकाले पनि एकै ठाउँमा सहकार्य गरेर कार्यक्रम गर्दा प्रभावकारी हुने भएकाले संयुक्त कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
रक्तदान कार्यक्रमको प्रमुख अतिथि डिष्ट्रिक गर्भनर पुरोषत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ सुर्यमुखीका आई. पि. पि. सोनि थापा लाई ब्लड ब्याग प्रदान गरि  उद्घाटन गर्नुभयो । 
रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा ब्यक्त गर्दै प्रमुख अतिथि प्रधानाङ्गले कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले रगतको आवश्यकतामा रहेका नागरिकका लागि सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सामाजिक कार्य जस्तो अरु कुनै कामबाट पुण्य कमाउन नसकिने हुदाँ क्बलहरु जति सक्यो सामाजिक कार्यमा सक्रिय हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सेकेण्ड डिष्ट्रिक गर्भनर सन्दिप कसौधन, जि एल टि कोर्डिनेटर ,अनिल प्रसाद श्रेष्ठ , एरिया सेके्रटरी अमृता कार्की पौडेल, जोन चेयर पर्सन साधना भण्डारी, चार वटै क्लब अध्यक्ष गिता खनाल, मिना शर्मा,शान्ती शर्मा, कृण्ण पुन मगर लगायतको सहभागिता रहेको थियो ।

तिलोत्तमा रक्तदाता समुहको प्राबिधिक सहयोगमा सम्पन्न भएको कार्यक्रमबाट ७५ युनिट रगत संकलन भएको लायन्स क्बल अफ शंकरनगर वाटिकाका अध्यक्ष गिता खनालले जानकारी दिनुभयो ।
तिलोत्तमा रक्तदाता समुहका अध्यक्ष गोबिद बन्जाडेले सञ्चालन गर्नुभएको कार्यक्रममा लायन्स क्बल अफ शंकरनगरवाटिकाका अध्यक्ष गिता खनालले स्वागत र  तिलोत्तमा सुर्यमुखिका अध्यक्ष मिना शर्माले धन्यवाद ब्यक्त गर्नुभएको थियो । 



 
                                         
                                         
                                         
                                         
                     
                     
                    