रोटरी क्लब अफ सेन्ट्रल बुटवलको अध्यक्षमा पुरन ज्ञवाली

बुटवल,असार २१  
रोटरी क्लब अफ सेन्ट्रल बुटवलको वर्ष २०२५-२६ को अध्यक्षमा पुर्ण बहादुर ज्ञवाली पुरनले सपथ ग्रहण गर्नुभएको छ । शुक्रबार सम्पन्न पद हस्तान्तरण कार्यक्रममा २०२४-०२५ का अध्यक्ष दिनेशराज रेग्मीले वर्ष २०२५- २६ का अध्यक्ष पुर्ण बहादुर ज्ञवाली पुरनलाई पद हस्तान्तरण गर्नुभएको हो । 

बर्ष २०२५-२६ का लागि अध्यक्षमा ज्ञवाली संगै आई पिपिमा दिनेशराज रेग्मी  ,प्रेसीडेन्ट इलेक्ट बाबुराम बोहोरा,प्रेसीडेन्ट नोमिनी गिरीराज पाठक, फस्ट भाईस प्रेसीडेन्ट उपेन्द्र अग्रवाल , सेकेण्ड भाईस प्रसीडेन्ट नेत्रनारायण भण्डारी,सेक्रेटरीमा मिनराज भारद्धाज , जोइन ,सेक्रेटरीमा युवराज आचार्य,ट्रेजर डोलराज भण्डारी , जोईन ट्रेजर तेज गुरुङ, क्लब एडमिन्स्ट्रेटिभ चेयरमा टेकनाथ बस्याल,पब्लिक रिलेशन चेयरमा घनश्याम पौडेल, मेम्बरसीप चेयरमा माधव रेग्मी,सर्जेन्ट एट आम्स फस्ट शिवकुमार पाठक, क्लब मेन्टर सुरज भट्टराई,सर्जेन्ट एट आम्स सेकेण्ड मोहन चौधरी, इडिटरमा नारायण चापागाई,सर्भिस प्रोजेक्ट चेयरमा एकनारायण काफ्ले, टिआरएफ चेयरमा राजकुमार पराजुली निर्वाचित हुनुभएको नवनिर्वाचित सेक्रेटरी मिनराज भारद्धाजले जानकारी दिनुभयो । 

 

वर्ष २०२५-२६ का अध्यक्ष पुरन ज्ञवालीलले रोटरीको यस बर्षको थिम 'युनाइटेड फर गुड' को उद्देश्य र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अहिलेसम्म क्लबले अगाडी सारेका कामहरुलाई निरन्तरता दिदै डिष्ट्रिकको अवधारणा अनुसार वातावरण सरसफाई ,शिक्षा, स्वास्थ्य लगायतका बिषयमा कार्यक्रम गरि रोटरीको अभियानका साथै सामाजिक सेवामा समर्पित रहने बताउनुभयो । उहाँले क्लबलाई अगाडी बढाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । रोटरी क्लब अफ सेन्ट्रल बुटवल सतप्रतिशत मेजर डोनरहरु रहेको उदाहरणीय क्लब हो । 


 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update