
बुटवल, असार २१
बुटवलका दुई स्थापित रोटरी क्लब,रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ तिनाउ बुटवलको संयुक्त पद हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। बिश्वकै एक मात्र सत प्रतिशत मेजर डोनरहरुले स्थापना गरेको रोटरी क्लब अफ सेन्ट्रल बुटवलको दशौं र सेन्ट्रल बुटवले स्पोन्सर गरेको सतप्रतिशत महिलामात्रै आवद्ध रोटरी तिनाउको नवौं पद हस्तान्तरण कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको हो ।
शुक्रबार सम्पन्न पद हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवल २०२४–०२५ का अध्यक्ष दिनेशराज रेग्मीले वर्ष २०२५– २६ का अध्यक्ष पुर्ण बहादुर ज्ञवाली पुरनलाई र रोटरी क्लब अफ तिनाउ बुटवलका २०२४–०२५ का अध्यक्ष रमिला शर्माले वर्ष २०२५–२६ का अध्यक्ष उमा आचार्यलार्ई पद हस्तान्तरण गर्नुभएको हो । हरेक वर्षको जुलाई देखि जुन महिना सम्मको एक वर्षे कार्यकाल रहने रोटरीको विधान रहेको छ।
रोटरी डिष्ट्रीक ३२९२ का पि डि जि रोटरियन चिन्तामणि भट्टराई र पि डि जि रोटरीयन राजिब पोख्रेलले रोटरी नेतृत्वको कलर लगाईदिनुभएको कार्यक्रममा सेन्ट्रलका चार्टड प्रेसीडेन्ट एजाज आलम र तिनाउका चार्टड प्रेसीडेन्ट देवी वाग्लेले नव निर्वाचित अध्यक्षद्धयलाई आ आफ्नो क्लबको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । क्लबका निबर्तमान अध्यक्षले नव निर्वाचित अध्यक्षलाई ह्याम्वर तथा ग्यावल हस्तान्तरण गर्नुभएको थियो ।
पद ग्रहण गर्दै रोटरी तिनाउका अध्यक्ष आचार्यले क्लबले अगाडी सारेका कामहरुलाई निरन्तरता दिदै डिष्ट्रिकको अवधारणा अनुसार क्लबको गरिमालाई उचो बनाउने खालका कार्यक्रमहरु आफ्नो कार्यकालमा सम्पन्न गर्ने बताउनुभएको छ । साथै यसबर्षपनि क्लबले अगाडी साारेका कार्यक्रम विपन्न तथा गरिब परिवारका छोरीहरुलाई छोरी शिक्षा कार्यक्रम अन्तर्गत छात्रवृत्ति, सीपमुलक तालिम प्रदान लगायतका कामहरुलाई निरन्तरता दिने बताउनुभयो ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवल अध्यक्ष पुरन ज्ञवालीलले रोटरीको यस बर्षको थिम ‘युनाइटेड फर गुड’ को उद्देश्य र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। अहिलेसम्म क्लबले अगाडी सारेका कामहरुलाई निरन्तरता दिदै डिष्ट्रिकको अवधारणा अनुसार वातावरण सरसफाई ,शिक्षा, स्वास्थ्य लगायतका बिषयमा कार्यक्रम गरि रोटरीको अभियानका साथै सामाजिक सेवामा समर्पित रहने बताउनुभयो । उहाँले क्लबलाई अगाडी बढाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा सन् २०२४९ ०२५ का अध्यक्ष दिनेशराज रेग्मीले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सबै पदाधिकारी, सदस्यहरुको सहयोगमा विभिन्न सामाजिक कामहरु गर्न सफल भएको बताउनुभयो।त्यस्तै रोटरी तिनाउ २०२४९ ०२५ का अध्यक्ष रमिला शर्माले पनि आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शर्माले पदहस्तान्तरणमा प्रदान गरिने मायाको चिनो खादा मालामा लाग्ने फजुल खर्चलाई कोषमा जम्मा गर्ने निर्णय गरेको भन्दै क्लबका चार्टड प्रेसीडेन्ट, पुर्ब अध्यक्ष र सदस्यहरुको रहोबरमा ५५ हजार ५सय ५५ रुपैया क्लबको कोष बृद्धिका लागि प्रदान गर्नुभयो । साथै उहाँले नव निर्वाचित द्धय क्लबका अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।कार्यक्रममा रोटरी तिनाउले प्रदान गर्दे आएको किशोरी शिक्षा छात्रवृत्तिको रकम समेत प्रदान गरिएको थियो ।
पुर्व मुख्य मन्त्री गिरीद्धारा रोटरीले गरेको योगदानको प्रसंसा
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री लिला गिरीले विकास र समृद्धिका लागि विभिन्न सामाजिक संस्थाहरुको खाँचो रहेको औंल्याउनुभयो । समाज रुपान्तरणको अभियानमा रोटरीले गरेको योगदानको प्रसंसा गर्दै सामाजिक संघ संस्थाहरु मध्ये रोटरी क्लब अफ सेन्ट्रल बुटवलले सामाजीक क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आफुलाई अग्रणी संस्थाका रुपमा स्थापीत गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा पि डि जि रोटरियन चिन्तामणि भट्टराई ,पि डि जि रोटरीयन राजिब पोख्रेल,क्लबका एजी दिनेश मणि सुवेदी, रोटरी तिनाउका क्लबका जि एस आर एजाज आलम ,चार्टड प्रेसीडेन्ट देवि वाग्ले लगायतले रोटरी क्लब अफ सेन्ट्रल बुटवलका प्रेसिडेन्ट इलेक्ट बाबुराम बोहराको स्वागत ,रोटरी क्लब अफ तिनाउ बुटवलका प्रेसिडेन्ट इलेक्ट माया भट्टराईको धन्यबाद , आर सि सेन्ट्रलका सचिव मिनराज भारद्वाज र आर सि तिनाउका सचिब सबिता निरौलाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
रोटरी क्लव अफ सेन्ट्रल बुटवल नेपालमा सबैभन्दा बढी सदस्यता शुल्क भएको पहिलो र सबैभन्दा धेरै सदस्य संख्या भएको दोश्रो ठुलो रोटरी क्लव हो। प्रति सदस्यता शुल्क दश हजार डलर भएको क्लबले बुटवलमा गौतम बुद्ध मुटु अस्पतालको स्थापना गरेर देशका विभिन्न ठाउँमा शाखा विस्तार गरि मृगौलाको समस्याबाट पिडित बिरामीहरुको निःशुल्क डायलाइसिस गर्ने काम गरिरहेको छ ।