सीता दाहालको स्मृति दिवस : मानव सेवा आश्रममा अध्यक्ष प्रचण्ड

काठमाडौँ,असार २७ 

पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा शुक्रबार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवनमा जानुभएको छ । दोस्रो स्मृतिमा मानव सेवा आश्रममा आएर जीवनसाथि सीतालाई सम्झना गरेको बताउनुभयो ।
 

काठमाण्डौंको रानीवनमा मानव सेवामा रहनु भएका सबै प्रति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुभयो । दाहालले आश्रमले राज्यले गर्नुपर्ने काम गरेकोमा बधाई दिनुभयो । सातै प्रदेशमा मानव सेवा आश्रमका लागि सहयोग गर्न चाहेको बताउनुभयो । 

उहाँले आश्रममा आश्रित महानुभावहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराउनु भएको हो । उहाँ स्वयं पनि उहाँहरूसँगै बसेर भोजन गर्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पु(याउने बताउनुभयो।

मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा उहाँले व्यक्त गर्नुभयो।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update