
बुटवल,साउन ४
ऐतिहासिक र धार्मिक आस्थाको केन्द्रबिन्दु तिनाउ गाउपालिका ३ पाल्पामा अवस्थित सिद्धबाबा मन्दिर विकास समिति श्रावण महिनाभर श्रावणी मेला तथा जलार्पण कार्यक्रम २०८२ का बिभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ । असार ३० गते सोमबार विहान ६ बजे सिद्धसरोवरबाट विधिपूर्वक जल संकल्प गरी शुरु भएका कार्यक्रमहरु निरन्तर चलिरहेको सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शेरचनले बताउनुभयो ।
श्रावणी मेला तथा जलार्पण कार्यक्रम अन्र्तगत साउन १ र २ मा उत्तर वाहिनी नदि मालुंगा ,अर्शेदी हुदै कालीगण्डकी स्याङजाबाट ल्याइएको पवित्र जल सिद्वबाबा मन्दिरमा जलार्पण गरिएको छ । त्यस्तै साउन ८ गते त्रिबेणी धाममा जल संकल्प गरि सिद्धबाबा मनिदरमा जलार्पाण गर्ने, र साउन १८ गते वाणगंगा नदी कपिलबस्तुबाट जल संकल्प गरि सिद्धबाबा मन्दिरमा जर्लापण गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष शेरचनका अनुसार साउन महिनामा श्रद्धालुहरूको सहजताका लागि सुरक्षा, खानेपानी, शौचालय, स्वास्थ्य जाँच लगायतका पूर्वाधारलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिरहेको बताउनुभयो।कालीगण्डकी जलार्पण कार्यक्रममा मन्दिरका मूल पुरोहित नारायण प्रसाद घिमिरे, टंक बस्याल तिनाउ गा पा कमला बस्नेत ,काली गण्डकी गुरूकुलका सहायक प्रधानाध्यापक नारायण भण्डारी, कार्यसमिति सदस्य एवं यात्रा संयोजक गोपाल बस्याल ,लक्ष्मी बस्याल,दुर्गा श्रेष्ठ ,रिमिसरा दर्लामि ,रामु थापा, गुरू पुरोहित,पुष्प व्यवसायी अध्यक्ष गोरखकानु ,सिद्वबाबा मिष्ठान भण्डारका इन्द्र थापा लगायत १२० जना भक्तजनहरू सहभागि भएको अध्यक्ष शेरचनले जानकारी दिनुभयो ।
श्रावण महिनामा शिवजीको पूजाको धार्मिक र ऐतिहासिक “श्रावण महिनाभर शिवजीलाई जल चढाउने परम्पराले धेरै वर्षदेखि रहदै आएको छ ।सिद्धबाबा मन्दिरमा साउन महिनाको सोमबार र शनिबार लाखौको संख्यामा दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ जसमा स्थानीय क्षेत्र, छिमेकी जिल्ला र देशका विभिन्न ठाउँ लगायत मित्र राष्ट्र भारतबाट पनि श्रदालु भक्तजनहरुले जलापर्ण गर्ने गर्दछन् ।