
बुटवल,साउन ७
नेकपा (एमाले) लुम्बिनी प्रदेशले पार्टी सञ्चालन र व्यवस्थापन सम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम बुधवारदेखि शुरु गरेको छ । रुपन्देही, कपिलवस्तु र नवलपरासीका शाखा अध्यक्षहरु सम्मिलित प्रशिक्षण कार्यक्रममा पार्टी संगठनका शाखा अध्यक्षहरुको सहभागिता छ ।
तालिमको उद्दघाटन प्रदेश पार्टी अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीलाई सञ्चालन गर्ने तरिका एउटै विधि र तरिकाले सञ्चालन हुन सकुन् भनेर प्रशिक्षणको कार्यक्रम राखिएको बताएनुभयो । सबै जिल्लाका सबै शाखामा कम्तिमा अध्यक्षहरुले यस्ता विषयबारे जानकारी पाउन् भनेर राखिएको यस्तो कार्यक्रम चार पटक सञ्चालन गरिने बताउनुभयो । कार्यक्रमको अध्यक्षता पार्टी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख भोज प्रसाद श्रेष्ठले गर्नुभएको थियो । पहिलो दिनको प्रशिक्षणमा प्रदेश कमिटी सदस्य युवराज घिमिरेले बैठक सञ्चालन, माइन्युट लेखन र दलबहादुर गुरुङले तालिम व्यवस्थापन बारे सहजीकरण गर्नुहुनेछ ।
दोश्रो दिनको प्रशिक्षणमा पार्टी गतिविधिको प्रचार शैली र प्रचारका माध्यम विषयमा प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख डी.आर. घिमिरे, जन संगठन सञ्चालनमा पार्टीको दायित्व विषयमा प्रदेश कमिटी सदस्य कल्पना थापा, पार्टी र विकास निर्माणमा पार्टी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले सहजीकरण गर्नुहुनेछ । त्यस्तै संगठन र पार्टी सञ्चालन विधिमा पार्टी अध्यक्ष राधाकृष्ण कँडेल, अर्थ राजनीतिमा केन्द्रीय स्कुल विभागका सदस्य वद्रीनाथ खनालले सहजीकरण गर्नुहुनेछ ।
तीन दिनको प्रशिक्षणमा योजना र छनौट विधिमा मुख्यमन्त्री कार्यालयका भौतिक पूर्वाधार विज्ञ जीवन अर्याल, माक्र्सबाद र जनताको बहुदलीय जनवादमा केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, सामयिक राजनीति र भोलिको एमाले विषयमा केन्द्रीय सचिव एवं इन्चार्ज पद्मा अर्यालले गर्ने कार्यतालिका छ ।