
बुटवल, साउन १०
वनवातावरणको संरक्षण गर्ने उदेश्यले रुपन्देहीकोे देवदह भलुहिमा रहेको जनप्रीय सामुदायिक बनमा शनिवार बृक्षरोपण गरिएको छ ।रोटरी क्लब अफ सेन्ट्रल ,रोटरी क्लब अफ लुिम्बनी स्टार, रोटरी क्लब अफ तिनाउ बुटवल , रोटरी क्लब अफ सेन्ट्रल कपिलबस्त,ु इ क्लब अफ मेडिकोप्यजुन हाईब्रिड नेपाल र बिभिन्न रोटर्याक्ट गरी ११ क्लबहरुको संयुक्त आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन बन कार्यलय भैरहवाका प्रमुख प्रबिण बिडारीले अहिले विश्वमा वनवाताबरणका संरक्षण कसरी गर्न सकिनछ भनेर छलफल भैरहेको बताउनुभयो । उहाँले बोटविरुवा र वनको संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिका वडा न ९ का अध्यक्ष मोहन जि.सि, जनप्रिय सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष रुका सापकोटा, देवदह सब डिभिजन कार्यालयका प्रमुख रविन्द्र चौधरी, अस्थायी प्रहरी चौकी भुलहीका इन्चार्ज वासुदेव बेल्बासे लगायतले बोल्दै बोट विरुवा रोपेर मात्रै नभएर संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए । वन बिनाशबाट हुने गरेका क्षति कम गर्न निरन्तर बृक्षरोपण गर्न आवश्यक रहेको उनीहरुको भनाई थियो ।
रोटरी क्लब अफ सेन्ट्रलका अध्यक्ष पुरन ज्ञवालीले रोटरी ३२९२ अन्तर्गतका बिभिन्न क्लबहरुको अगुवाई र सक्रियतामा एकैदिन ५० हजार विरुवा रोपिएको बताउनुभयो। उहाँले रोटरीको बर्ष २०२५- २६ रोटरीको थिम युनाईट फर गुड अन्तर्गत कार्ययोजनामा बृक्षरोपणलाई बिशेष प्राथमिकता दिएको बताउदै रुपन्देहीमा बिभिन्न प्रजातिका ६ सय बिरुवा एकैसाथ रोपिएको बताउनुभयो।
कार्यक्रममा रोटरी तिनाउका अध्यक्ष उमा आचार्य, सचिव सविता निरौला ,इ क्लब अफ मेडिकोप्यजुन हाईब्रिड नेपालका अध्यक्ष मन्जु गुभाजु,लुम्बिनी स्टारका अध्यक्ष विमल ढकाल ,सेन्ट्रल बुटवलका सचीव मिनराज भारद्वाज, बिभिन्न रोटरी र रोटर्याक्ट क्लबका अध्यक्षहरु र सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।