चित्रमा जीवराज 

बुटवल,साउन १८
नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख थिए जीवराज आश्रित । मदन भण्डारीसँगै उनको रहस्मय मृत्यु दासढुङ्गामा २०५० जेठ ३ गते भएको थियो । मदन र आश्रितको संयुक्त फाउन्डेसन बने,प्रतिष्ठान बने । शालीक बने । पार्क बने । बाटिका बने । छुट्टाछुट्टै पनि बने र बन्दैछन् र बन्ने छन् पनि । 

जीवराज आश्रित गुल्मीको चन्द्रकोट आँपारुखमा  २००१ साउन १८ गते जन्मिएका थिए । निम्नवर्गीय परिवारमा जन्मिएका उनी,संघर्षका पर्यायवाची हुन् । पञ्चायती व्यवस्थाका बिरुद्धमामात्र होईन अभाव,भोक र शोकका बिरुद्धमा उनी उरालिएका थिए ।  आश्रितले आफूलाई आन्दोलनको आरनमा खारेर क्रान्तिका ओैजार बनाए । जसका सहायतामा देशमा प्रजातन्त्र,लोकतन्त्र आयो । आजको लोकतान्त्रिक गणतन्त्र पनि उनीजस्ता क्रान्तिकारीका जगमा उभिएको हो । 

बुटवलमा समेत जीवराज आश्रितको सम्झनामा जीवराज आश्रित स्मृति प्रतिष्ठान गठन भयो । संस्थापक अध्यक्ष बने देवेन्द्र घिमिरे । उनकै पालामा स्मृति ग्रन्थ छापियो र जीवराजलाई जिउँदो बनाउने काम भयो । आलिशान भवन बन्यो । आश्रितको वृत्तचित्रको विजारोपण भयो । अमरप्रताप थापा,उमाकान्त बस्याल र चरण तिमिल्सिना पूर्वअध्यक्ष भईसकेका छन् । यतिबेला युवराज घिमिरे अध्यक्ष भएर आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । 

जीवराजको ८२ ओैं जन्मजयन्तीको अवसरमा आईतवार बुटवलमा रहेका माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता प्रतिष्ठानले आयोजना गरेको थियो । १७ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतियोगितामा सार्थक सहभागिता जनाएका थिए । उनीहरुले जीवराजको फोटोसँग आकर्षक चित्रकला कोरेका थिए । 

कालिका(मानवज्ञान मावि, बुटवलको कक्षा(११ मा फाईन आर्टस् पढ्ने भाइ भिमल राना प्रथम भएर सात हजार रुपैयाँ, द्वितीय हुने  पामिर एकेडेमीका राजन थापाले पाँच हजार रुपैयाँ ट्रफी,प्रमाणपत्र प्राप्त बुझेका थिए । तृतीय हुने दीप बोर्डिङकी पृष्टि पुन र होराईजनबाट सान्त्वना प्राप्त गर्ने  दीपा थापाले क्रमशस् तीन र दुई हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भए । सहभागी विद्यार्थी  कलाकारहरुलाई प्रमाणपत्र र नगद एक हजारका दरले रकम प्रदान गरिएको थियो ।     

प्रतियोगिताको निर्णायकमा नेपाल व्यवसायिक कलाकार संघका  कलाकारहरु एचबी रम्तेल,बेनु थापा दीलिप रसाईली थिए  । निर्णायक संयोजक बेनु थापाले कलाकारको कला कहिले नमर्ने र जीवन्त रहने बताउँदै बुटवलको कालिका मानवज्ञान माविमा फाईन आर्ट्स पढाईको सुरुवात् यसै शैक्षिक सत्रदेखि थालनी भएको सूचिकृत  गराए । हुन त प्रतिष्ठानले जीवराजको स्मृति दिवस र जन्मजयन्तीका अवसरमा उनीसँग सन्दर्भित विचार विमर्श कार्यक्रम,कविता,निबन्ध,गीत प्रतियोगिता आयोजना गरिसकेको छ । भवनभित्रै संग्रहालय छ । त्यहाँ जीवराजले प्रयोग गर्ने कपडा, रेडियो, घडीलगायतका सामग्री राखिएका छन् ।

उनी दुर्घटित जीप, हृदयविदारक फोटो राखिएका छन् ।  त्यहाँ प्रतिष्ठानले निर्माण गरेको ूजिउँदा जीवराजू  डकुमेन्ट्री हेर्न, सुन्न पाइन्छ । जीवराजलाई विद्यार्थीबीच चिनाउनका लागि चित्रकला प्रतियोगिता आयोजना गरिएको अध्यक्ष युवराजले बताए । प्रथम उपाध्यक्ष कल्पना थापाले भनिन्( बहुआयामिक जीवराजलाई चिनाउन र बुझाउन विद्यार्थी,युवालगायत सबैसँग प्रतिष्ठान पुग्ने अभियानमा छ। 

चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि माननीय नेत्र पन्थी,संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे,जीवराजकी जीवनसंगीनी माया ज्ञवाली,अध्यक्ष, प्रथम उपाध्यक्ष लगायतले प्रमाणपत्र, ट्रफी र नगद वितरण गरेका थिए । 
कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका शिक्षा विज्ञ डीबी गुरुङ,जीवराजका सुपुत्र डा। सागर,जीवनसंगीनी माया ज्ञवाली,संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे,प्रमुख अतिथि माननीय नेत्र पन्थीलगायतले जीवराजको व्यक्तित्व र कृतित्व रक्षाका लागि सबैले आआफ्ना क्षेत्रमा क्रियाशील हुनुपर्नेमा जोड दिए । 

विद्यार्थीद्वारा तयार पारिएका उत्कृष्ट फोटो प्रतिष्ठानमै फ्रेममा प्रेमपूर्वक सजाईने प्रतिष्ठानकी महासचिव विष्णु केसीले बताईन् । उनले भनिन्( विद्यार्थीले जीवराजको चित्र कोरिरहँदा आगन्तुक धेरैका आँखा रसाए । एकपटक चित्रमा सबैले जीवराजको ईतिहास खोजिरहे । वर्तमानमा अभाव खड्किरह्यो सबैलाई । 

अनुशासनमा कडा,व्यवहारमा नरम भएका जीवराजका समकक्षी देवेन्द्रले जीवराजलाई सबैकाबीच पुराउन सबैले पहल गर्नुपर्ने ओैंल्याए । जीवराजका जीवनगाथा सबैले पढ्नुपर्छ,बुझ्नुपर्छ । यही नै आश्रितप्रतिको सच्चा श्रद्धासुमन हुने देवेन्द्रले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update