सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध पत्रकारहरुको प्रदर्शन

काठमान्डौ, भदौ २२
सामाजिक प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ । आइतबार पत्रकारहरुले काठमाडौंको माइतिघरमा सामाजिक प्लेटफर्म बन्दको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
दर्शनमा सहभागीहरुले जनताको मुख थुन्न पाइदैन, सञ्जाल बन्द, आवाज बन्द, लोकतन्त्र ह्याक हुदैछ, लोकतन्त्र व्याक हुँदैछ, सरकारको निर्णय फिर्ता गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सो क्रममा पत्रकार अगुवाहरुले सामाजिक प्लेटफर्म बन्द गरेर सरकारले नागरिकको अधिकार हनन गरेको भन्दै तत्काल निर्णय फिर्ता हुनुपर्ने माग गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ ००:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय