सैनिक ब्यारेकबाट बाहिरिए ओली

काठमाडौं, २ असोज 
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिनु भएको छ । जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले सुरक्षा कारण देखाउँदै उहाँलाई नियन्त्रणमा लिएको थियो ।

उहाँ २४ भदौदेखि सैनिक ब्यारेकमा बसोबास गर्दै आउनुभएको थियो । सुरक्षा स्रोतहरूका अनुसार ओली अहिले भक्तपुरको गुण्डु क्षेत्रमा सर्नुभएको छ । जहाँका लागि भाडाको घरको व्यवस्था गरिएको छ ।

उहाँ पूर्ववासस्थान बालकोटस्थित घर प्रदर्शनका क्रममा जलेपछि नयाँ स्थानमा सर्नु परेको हो । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको पहलमा ओलीलाई गुण्डु सारिएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update