कानुङ बचत तथा ऋण सहकारीको आयोजनामा रक्तदान 

बुटवल,असोज ६
कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको आयोजनामा शनिवार रक्तसञ्चार सेवा केन्द्र बुटवलमा,वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कल्याणकारी तथा सदस्य अभिवद्वि उपसमितिका संयोजक गंगा पुनको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सहकारीका पूर्वअध्यक्ष टोपबहादुर थापाले रक्तदान जीवनदान भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै संस्थाले नियमित रुपमा रक्तदान गरेकोमा संस्था तथा रक्तदातालाई धन्यबाद दिनुभयो। 

संस्थाका अध्यक्ष बेनप्रसाद थापाले सहकारीको उद्देश्य पैसा जम्मा गर्ने र ऋण दिनेमात्र नभई सामाजिक सेवामा पनि उत्तरदायी बन्नुपर्ने बिचार राख्नु भयो । कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र बुटवलका प्राविधिक केशरसिं गाहाले सहकारीले उत्तम कार्य गरेकोमम धन्यवाद दिनुभएको थियो। 

भलबारी संकलन केन्द्रका सदस्य सीता काउचाको संचालन र देवदह चरङे संकलन केन्द्रका संयोजक निमकला सिंजालीको स्वागतमा भएको उक्त कार्यक्रममा १०५ पिन्ट रगत जम्मा भएको रक्त सञ्चार केन्द्रका चन्द्र झेडी मगरले बताउनु भयो ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update