बुटवल, असोज ८
“सम्पूर्ण खुद्रा किराना व्यवसायी एक हौ ” भन्ने नाराका साथ स्थापना भएको खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बुधवार बुटवलमा आयोजना गरिएको १९ औ साधारण सभा तथा १० औ पदस्थापन कार्यक्रमका संस्थाका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले नवनिर्वाचित अध्यक्ष गोपाल प्रसाद प्रधान नेतृत्वको समितिलाई पद हस्तान्तरण गर्नुभयो ।

पद हस्तान्तरण तथा विजय दशमी,शुभदिपावाली, नेपाल संम्वत तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उज्ज्वल प्रसाद कसजुले समय अनुसार व्यापारको शैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले उद्योगी तथा व्यापार मैत्री नीति लागु नगर्दा सम्म बैकको ब्याजदर घटाए मात्र नहुने बताउदै बजार चलायमान बनाउन निजी क्षेत्र र राज्य दुवैको थप सहकार्य आवश्यक रहेको बताउनुभयो ।
सोही अवसरमा नव निर्वाचित समितिलाई संस्थाका संस्थापक अध्यक्ष एवं निर्वाचन मण्डलका संयोजक टिकाराम गैरले शपथ ग्रहण गराउनुभएको थियो।संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले खुद्रा किराना व्यवसायी सङ्घको आफ्नै इतिहास रहेकोले उल्लेख संस्थाको गरिमा थप बढाउने काम नवनिर्वाचित समितिले गर्नुपर्ने बताउदै जुनसुकै बेला पनि संस्थालाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमका बुटवल उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष टङ्क प्रसाद गैरे,उद्योग व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, रुपन्देही उद्योग सङ्घका प्रथम उपाध्यक्ष दयाराम भण्डारी, खुद्रा किराना व्यावासयीका सङ्घका पूर्व अध्यक्षहरू केशव कुँवर,मोहन प्रसाद बस्याल, ज्ञानप्रसाद न्यौपाने लगायत बोल्दै बुटवलको बजारलाई चलायमान बनाउन सबै एकजुट हुनुपर्ने बताएका थिए।
कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्ष गोपाल कुमार प्रधान,सल्लाहकार कृष्ण प्रसाद पाण्डेय, निवर्तमान महासचिव दधि(गोपाल) ज्ञवाली,उपाध्यक्ष ज्ञानप्रसाद न्यौपाने ,नव निर्वाचित महासचिव यमलाल बेल्लासे,दूध तथा डेरी व्यवसायी सङ्घ रुपन्देहीका कमल काफ्ले लगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।




