होटेल पौवाले असोज २५ मा सरायँ नाच देखाउने 

बुटवल, असोज २४ 
के तपाई बुटवलमा बस्नुहुन्छ ?अनि सराय ,सोरठी, झाम्रे वा मारुनी नाचको बारेमा जान्न र हेर्न मन छ ? आफ्नो गाउँ ठाउमा रमाउने अनि यि नाँचहरुका बोरमा सुन्दा देखदा पनि अनौठो मान्ने पनि हुनुहुन्छ होला । त्यसो हो भने तपाँइले यो सुनौलो अवसर नगुमाउनुहोला । मिठा मिठा परिकारको साथमा सास्कृतिक पहिचान सहित हाम्रो कला,संस्कारलाई जिवनत राख्न यसपाली पनि रुपन्देहीको योगिकुटीमा रहेको होटmे पौवाले होटल पौवाले बडादशैं २०८२ को अवसरमा यस वर्ष पनि सराय नाच सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ । 

तिलोत्तमा–३, योगीकुटीमा रहेको होटल पौवामा आगामी शनिवार (२०८२ असोज २५) साँझ ५ः३० बजेदेखि लोपोन्मुख सराय नाचको प्रदर्शन हुने भएको हो ।लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्ग्रा लगायतका जिल्लाहरूमा प्रचलित धार्मिक र सांस्कृतिक महत्व बोकेको सराय नाचले दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीयालीलाई चित्रण गर्छ । 

यसवर्ष पौवा सराय नाच सांस्कृतिक महोत्सवमा पाल्पाको मुझुङ रैनादेवी छहारा वडा नं. ५ कालिका युवा क्लबका कलाकारहरूको टोलीले सराय नाचसँगै अन्य विविध सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नेछन् ।महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले जानकारी दिनुभयो । “नयाँ पुस्तालाई नेपालको लोपोन्मुख सांस्कृतिक पहिचानसँग जोड्न होटल पौवाले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । हामीले बुटवल शाखाबाट सराय नाचको प्रदर्शन गर्दैआएका छौं, जसले सांस्कृतिक संरक्षणमा योगदान पुरÞ्याउने हाम्रो विश्वास छ ।”, भण्डारीले भन्नुभयो ।
महोत्सवमा सांस्कृतिक प्रस्तुतिसँगै पहाडी परम्परागत खानपिनको स्वाद लिन सकिनेछ । योगीकुटी शाखाका व्यवस्थापक प्रकाश पाठकका अनुसार सेलरोटी, बटुक, चुकौनी लगायतका नेपाली परिकारका स्टलहरू राखिनेछ ।

होटल पौवाले विगत ९ वर्षदेखि ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारासहित लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूसहित देशभर १६ स्थानमा सेवा प्रदान गर्दै आएको छ । जुम्ला, धनगढी, भालुवाङ, घोराही, लमही, गोरुसिङ्गे, योगीकुटी, भैरहवा, तानसेन, रेसुङ्गा, नेपालगन्ज, पोखराको लेकसाइड, काठमाडौंको गौशाला, चितवनको भरतपुर, सिन्धुलीको मुलकोट र कालिञ्चोकको कुरिभ्यालीमा पौवाका होटल रिसोर्ट सञ्चालित छन् । 

नेपालगन्जमा पाँचतारे होटलको निर्माण कार्य सम्पन्न भै ब्यान्क्वेट सेवा, फाइन डाइन रेस्टुरेन्ट र नेपाली ब्रान्ड भात भान्सा सञ्चालनमा छन् । ब्राण्ड प्रमुख भण्डारीका अनुसार ‘नेपालीपनको आतिथ्यतालाई आत्मसात गर्दै आएको पौवाले तारे होटलमा पनि सुलभ मूल्यमा रैथाने स्वादको खाना खुवाउन भातभान्सा नामको नयाँ ब्रान्ड सञ्चालन सुरु गरेको हो । नेपालगन्जबाट सुरु भएको यो ब्रान्ड पौवाको भैहरवाको शाखामा पनि स्थापित भएको छ ।’

होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले नेपालको सांस्कृतिक विविधतालाई जगेर्ना गर्न र पर्यटन प्रवद्र्धनमा योगदान पुरÞ्याउन होटलले निरन्तर प्रयास गरिरहेको बताउनुभयो  । “नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा र खानपिनको प्रवद्र्धनले पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका खेल्छ । पौवाले हरेक चाडपर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै नेपाली आतिथ्यताको पहिचानलाई विश्वसामु पुरÞ्याउने प्रयास गरिरहेको छ ।” अध्यक्ष भण्डारीले भन्नुभयो ।  होटल पौवा प्रालिका उपाध्यक्ष धुर्बराज न्यौपानेले बिशुद्ध सास्कृतिक पहिचान र जगेर्नाका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कालिका युवा क्लब पाल्पाका सल्लाहकार नारायण रायमाझी ठुलो नाचा झाम्रे लगायतका नाँचहरु देखाउने बताउनुभयो । त्यसका लागि पाल्पाबाट केही कलाकारहरु बुटवल आउनेछन् । 
  
 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update