विद्युत कटौतीविरुद्धको आन्दोलनमा भाषण गर्दागर्दै ढल्नुभएका जिफन्ट उपाध्यक्ष गौतमको निधन

रुपन्देही,कार्तिक १३
नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढल्नुभएका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

भैरहवाको विद्युत कार्यालय अगाडि सम्बोधनको क्रममा अचानक ढल्नुभएका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याइएको थियो । त्यहाँ उहाँलाई डाक्टरले मृत घोषणा गरेको रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहराले जानकारी दिनुभयो ।

गौतम बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाउनुभएको थियो  । धर्ना कार्यक्रममा बोल्दा उहाँ केही आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएको थियो । उहाँले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले श्रमिकहरूलाई गुमाउन नचाहेको बताउँदा नै उहाँको बोली लरबरिएको थियो । ‘अतः यो कारणले’ भन्दै गर्दा उहाँ ढल्नुभएको थियो  । उहाँ ढलेलगत्तै उपचारको लागि क्रिमशन अस्पताल पु¥याइएको थियो ।

उहाँलाई गाडीमा राखेर अस्पताल पुर्याउनुभएका उद्योगी बोहोराले १२ मिनेटमा अस्पताल पुराएपनि बचाउन नसकेको जनाउनुभयो। बुटवल उपमहानगरपालकिा–३ निवासी गौतमको ६२ वर्षको उमेरमा निधन भएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका गौतम सरल र इमान्दार नेताको रुपमा परचिति हुनुहुन्थ्यो।

एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले मजदुर नेता कमल गौतमको निधनले पार्टी र समाजलाई अपुरणीय क्षती पुगेको बताउनुभयो ।गौतमको निधन भएपछी उद्योगी, व्यवसायी र आम नागरिक चिन्तित भएका छन् । स्वर्गीय गौतमको श्रीमती र दुई छोरा छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update