बाल विवाहले पार्ने असरका बारेमा बुटवलमा छलफल   

बुटवल, कार्तिक २७
दैलेखकी पबी शर्माको १३ बर्षको उमेरमा बिबाह भयो  ।हाल उनी बुटवल ११ मा बस्छिन् । श्रीमानले मजदुरी गरेर जिविकोपार्जन गर्दै आएको यो जोडीको हाल ४ बर्षीय छोरी छन् । अहिले १९ बर्ष पुगेकी पबी जिम्मेवारीले परिपक्क बन्नु परेको छ ।उनी संगैका साथिहरुले अहिले क्याम्पस पढ्छन् । सानैमा विवाह हुदा उनी शिक्षा लिनबाट बञ्चित हुनुपरेको बताउँछिन् । यो बाहेक सानैमा विवाह हुदा धेरै समस्या भोग्नुपरेको उनको अनुभव छ । त्यस्तै किशोरी रिन्की शर्माको पनि १४ बर्षको उमेरमा विबाह भयो । हाल उनका २ बच्चा छन् । शर्माको सानैमा भागेर होइन मागेर विवाह भयो । तर २० बर्ष नपुगी गरिने विवाहले निम्त्याउने समस्याका बारेमा त्यती चासो नराखेको उनी बताउँछिन् । 

कम उमेरमा गरिने विवाहले किशोर किशोरीमा सामाजिक, आर्थिक मानसिक र प्रजनन स्वास्थ्य लगायतका धेरै किसीमका समस्या सिर्जना हुने गरेको बिभिन्न तथ्यांकहरुले देखाएको छ। तर अझै सचेतना फैलाउने उदेश्यले महिला पैरवी मञ्च नेपालको आयोजना र कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलबस्तुको सहयोगमा बाल विवाहको कारणले प्रजनन् स्वास्थ्यमा पर्ने असर तथा यसले निम्त्याउने मनोसामाजिक  समस्याको बारेमा एक दिने अन्र्तक्रिया कार्यक्रम बिहिबार बुटवल ११ मा सम्पन्न भएको छ । 

कार्यक्रममा महिला पैरवी मञ्च नेपालका अध्यक्ष कमला गहतराजले कार्यपत्र प्रस्तुत गर्दै एकजना ब्यक्तिलाई मनोसामाजिक समस्या भयो भने मन ,ब्यवहार ,सम्बन्ध र शरीरमा विभिन्न समस्या देखिने बताउनुभयो। मानसिक स्वास्थको पाटोमा ध्यान नदिदा सिङ्गो समाज तनावग्रस्त भएको उल्लेख गर्नुभयो । गहतराजले सन २०२२मा नेपालमा गरिएको नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार २० देखि २४ बर्ष उमेर समुहका महिलाहरु मध्ये ३९ दशमलव ४४ प्रतिशत ले १८ बर्ष नपुग्दै विवाह गरेको जानकारी दिनुभयो । 
१५ देखि १७ बर्षको उमेरमा २२ प्रतिशत, १० देखि १४ बर्षको उमेरमा ७.५ प्रतिशत, छन् । २०२२ को नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्भे अनुसार किशोरी आमाहरुको संख्या करिब ९।६५ रहेको छ । रुपन्देहीमा सन २०१९/ २०२० को तथ्यांक हेर्दा झण्डै ६५ प्रतिशतले १८ बर्ष नपुग्दै विवाह गरेको तथ्यांक छ । त्यस्तै युएनएफपिए र सेतो गुराँस वालविकास सेवा केन्द्रले गरेको सर्बेक्षणमा 
पनि रुपन्देहीमा वालविवाहको दर उच्च छ ।

 कार्यक्रमका प्रमुख अतिथि बुटवल  उपमहानगरपालिकाका उपप्रमुख साबित्रा देवि अर्यालले किशोरीहरुलाई २० बर्ष नपुगी
विवाह नगर्न र समुदायमा पनि सचेतना फैलाउन आग्रह गर्नुभयो।अर्यालले बुटवल उपमहानगरपालिकाले महिलाहरुलाई बिभिन्न किसिमका सिप सिकाएको जानकारी दिदै आर्थिक उपार्जनका काम संगै शिक्षाको क्षेत्रमा अब्बल बन्न आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख बिजय भुर्तेलले भौतिक भन्दा मानवीय बिकासका कार्यक्रम आजको आवश्यकता रहेको बताउनुभयो । यस्ता कार्यक्रम वडा तहमै छलफल गरेर कार्यक्रम योजना बाटै मनोसामाजिक समस्याका बोरमा जनप्रतिनीधि र आम नागरिकले पनि बुझ्न जरुरी रहेको बताउनुभयो । 

बुटवल उपमहानगरपालिका स्वास्थ शाखा अधिकृत कल्पना भुसालले शहरी स्वास्थ केन्द्रमा पाइने स्वास्थ सम्बन्धि सेवाहरुका बारेमा जानकारी लिन आवश्यक रहेको बताउनुभयो । बुटवलमा १८ वटा स्वास्थ्य केन्द्र रहेको बताउँदै किशोर किशोरी मैत्री वातावरणमा परामर्श र स्वास्थ्य सम्बन्धी आवश्यक औषधि प्रयोग गर्न आग्रह गर्नुभयो  । इलाका प्रहरी कार्यलय बुटवलका महिला सेलमा कार्यरत इन्द्रा जिसीले अहिले सामाजिक संजालको प्रयोग बढ्दो रहेकाले किशोर किशोरी लिभिगंमा बस्ने समस्या लिएर कार्यलय आउने संख्या बढेको बताईन्। जिसीले समस्या परेमा इलाका कार्यलयमा आउन आग्रह गर्नुभयो  ।  

कालिका स्वावलम्बन सामाजिक केन्द्रका सम्मसरा परियोजनाका टिम लिडर अभिनव चौधरीले केन्द्रले लुम्बिनी प्रदेशको ८ जिल्लामा बिभिन्न किसीमका सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिनुभयो ।कालिका स्वावलम्बन सामाजिक केन्द्र सम्सरा परियोजनाका रुपन्देही जिल्ला संयोजक अधिवक्ता गौमती सुनारले २० बर्ष उमेर नपुगी गरिने विवाह कानुनी रुपमै बदर हुने हुदा उमेर नपुगि विवाह नगर्न किशोरीहरुलाई आग्रह गर्नुभयो ।   

कार्यक्रममा संजिवनी टोल बिकास सस्था बुटवल ११ का अध्यक्ष हरि गहतराज,संजिवनी सामुदायिक संस्थाका अध्यक्ष चम्पा गहतराज  महिला पैरवी मञ्च नेपालका उपाध्यक्ष सीता रोकाह लगायतले बोल्दै बालविबाहका कारण देखिएका समस्याका बारेमा मनोपरामर्श संग सल्लाह गर्न र पम उमेरमा विवाह नगर्न सुझाएका थिए । अन्र्तक्रियामा सहभागी ३० जना किशोरीहरुको वालविाहका कानुनी र सामाजिक बिषयमा समस्या राखेका थिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update