एमाले ११ औँ महाधिवेशन निर्वाचन : मंगलबार मध्यान्ह १२ बजेबाट मतदान हुने
काठमाडौं, मंसिर २९
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत तय गरिएको कार्यतालिकामा सामान्य हेरफेर गरिएको छ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताको समय सकिएको छ। उम्मेदवारीमाथि उजुरी लिने, उजुरीमाथि निर्णय गर्ने र आजै राति ८: ३० बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ।
यसअघि भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय गरिएको मतदान समय संशोधन गरिएको छ। संशोधित कार्य तालिकाअनुसार भोलि मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ २२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

