पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ ,माघ ८
भोलिदेखि नेपालमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार भोलि रातिदेखि पर्सि शनिवार बेलुकासम्म विशेष गरेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षासँगै उच्च हिमाली भूभागहरूमा मध्यम हितपात हुने सम्भावना पनि रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

वरिष्ठ मौसमविद् पौडेलकाअनुसार यही माघ १३ गते मङ्गलवार रातिदेखि फेरि सामान्य वर्षाको सम्भावना रहेको छ । यसअघि गएको हप्ता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरूमा सामान्य वर्षा र उच्च हिमाली भूभागहरूमा मध्यम खालको हिमपात भएको थियो ।

अहिले देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । भोलिदेखि आउने प्रणालीले हुस्सु लागिरहेका तराईका जिल्लामा हुस्सु हट्नुका साथै वायु प्रदूषण पनि घटाउने मौसमविद्ले बताएका छन् ।यस वर्षको हिउँदमा वर्षा र हिमपात कम हुनुका साथै तापक्रम औसतभन्दा माथि रहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update