एमाले जनताको विश्वासको घर होः उपाध्यक्ष पौडेल

बुटवल, माघ २० 
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेलाई कसैले किनारा लगाउन नसक्ने दावी गर्नुभएको छ । एमाले नेपाली जनतामा विश्वासको घरमा रहेको बताउँदै उपाध्यक्ष पौडेलले कुनै पनि पार्टीले जुनसुकै प्रयत्न गरे पनि सम्भव नभएको पौडेलको भनाइ छ । 

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को वडा परिचालन कमिटीको प्रचार कार्यालय मंगलबार उदघाटन गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो , ‘कुहिनाले पहाड पन्छाउन सम्भव नभएजस्तै कसैले एमालेलाई पन्छाउने सपना नदेखे हुन्छ ।  जनताकोबीचमा विश्वास घर बनाएको पार्टीले कसैले किनारा लगाउन नसोचे हुन्छ ।’ देशको बागडोर सम्हाल्ने बनाउन एमालेलाई विजयी गराउने काम जनताको काँधमा रहेको छ । 

आफू जनताको साथ र समर्थनले चुनावी मैदानमा पार्टी होमिएकोले सम्पूर्ण कार्यकतासहित एमालेका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने अवस्था आएको पौडेलको भनाइ छ । रुपन्देही देशको विकसित ठाउँको रुपमा विकास भएको बताउँदै पौडेलले अझै बाँकी रहेको एकसाथ सम्पन्न गर्दै अघि बढने उहाले बताउनुभयो । बुटवलका जनताले आर्शिवादले आफू पटक–पटक निर्वाचित भएको बताउँदै पौडेलले यो पटक पनि नागरिकको सदभाव र मायाले आफूलाई उत्साहित बनाएको उहाको भनाई छ । 

कार्यक्रममा एमाले समानुपातिक उम्मेदवार एजाज आलमले देशको भविश्य निर्माण गर्न र यस क्षेत्रको थप विकासको लागि उपाध्यक्ष विष्णु पौडेललाई जिताउन सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो । एमाले कार्यकताको उल्लेख्नीय सहभागिता रहेको कार्यक्रम जगदीशचन्द्र आचार्यको अध्यक्षतमा सम्पन्न भएको थियो  । 
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update