बुटवल ,माघ २७
२०४४ सालमा बुटवल झरेका व्यवसायी चुन्नप्रसाद पौडेलले त्यसबेलादेखि नै बुटवलमा व्यवसाय सुरु गर्नुभयो । यस क्षेत्रमा व्यवसायिक पहिचान बनाएका पौडेलले पछि उद्योगहरुमा समेत हात हालेर वरिष्ठ उद्योगीको पहिचान बनाउनु भएको छ । आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं. २ मा उम्मेद्वार बन्नुभएका समाजसेवी पौडेलको पक्षमा जनलहर पनि बढेको छ ।
काँग्रेसले टिकट दिएर चुनावी मैदानमा होमिनु भएका पौडेलले मंगलबार बुटवलमा किराना व्यवसायीहरुसंग अन्तरक्रिया गर्नुभएको छ । त्यसक्रममा किराना व्यवसायीहरुले उम्मेद्वार पौडेललाई हेर्दा किराना व्यवसायीहरुकै अनुहार झल्किएको बताउँदै आफूहरुको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
त्यस अवसरमा बोल्दै खुद्रा किराना व्यवसायी संघका अध्यक्ष गोपालकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार कृष्णप्रसाद पाण्डे, महासचिव यमलाल वेलवासे लगायतल खुद्रा किसाना व्यवसायीहरुले चुन्नलाई जिताउँदा आफूहरुको पहिचान पनि स्थापित हुने र व्यवसायीका समस्या समाधानका लागि पनि परिवारकै सदस्य भएकाले सहज हुने विश्वास सहित साथ र सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा बोल्दै उम्मेद्वार चुन्नप्रसाद पौडेलले आफू खुद्रा किराना व्यवसायबाट यो उद्योगीको पहिचान बनाएको बताउँदै आफू उठेको धरातलको समस्यसंग परिचित रहेको र समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले व्यवसायीका समस्या समाधानका लागि गर्नुपर्ने नीतिगत सुधारका लागि व्यवसायीहरुसंगै बसेर समाधानको मार्गचित्र बनाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति तथा निर्वाचन परिचालन मुल समितिका संयोजक प्रजापाल गिरीले उम्मेद्वार पौडेल उद्योगी व्यवसायीका अभिभावक रहेको बताउँदै उहाँका जीतले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकास ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । मंगलबार नै तिलोत्तमा नगरपालिका वडा नं. २ मा पार्टीको प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।

