टी-२० विश्वकपमा नेपाल इटालीसँग १० विकेटले पराजित

काठमाडौं,माघ २९ 

आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ । कमजोर प्रदर्शनका कारण नेपालले प्रतियोगितामा लज्जास्पद हार व्यहोर्न पुगेको हो ।नेपालले प्रस्तुत गरेको १ सय २४ रनको सामान्य लक्ष्य इटालीले ११ ओभर ४ बलमै कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपालले खेलभर दबाब सिर्जना गर्न सकेन । विशेषगरी बलरहरूले इटालीको एक विकेटसमेत लिन नसक्दा नेपाल पूर्णतः निरिह देखियो ।

इटालीको जितमा ओपनर एन्थोनी मोस्का र जस्टिन मोस्काको उत्कृष्ट साझेदारी निर्णायक बन्यो । एन्थोनीले ३२ बलमा तीन चौका र छ छक्काको मद्दतमा ६२ रन बनाए भने जस्टिनले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै ६० रन जोडे। दुवै मोस्का दाजुभाइको अविजित साझेदारीले इटालीलाई सहज जित दिलायो ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update