भैरहवा, फागुन ६
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा नेकपा ९एमाले० को तर्फबाट उम्मेदवार रहनुभएका बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेको छ । पार्टीका उम्मेदवार अनुशासनको कारवाहीमा परेकाले प्रलोपाले रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार घिमिरेलाई सघाउने निर्णय गरेको हो ।
सो पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवार घिमिरेलाई मतदान गर्न आफ्ना नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई अपील गरेको छ । पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला वि।क।ले संयुक्त रूपमा निर्णय सार्वजनिक गर्दै रुपन्देही क्षेत्र नम्बर ३ को चुनावी तालमेलसम्बन्धी औपचारिक जानकारी गराउनुभएको हो ।
सो पार्टीका अनुसार कर्णाली प्रदेश तथा साविक राप्तिका केही स्थानमा समेत नेकपा एमालेसँग चुनावी तालमेल भएको प्रलोपाका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले बताउनुभयो ।

