एमाले सचिव विश्वकर्माको नेतृत्वमा रुपन्देही सबै निर्वाचन क्षेत्रको अनुगमन

बुटवल,फागुन १४
नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अनुगमन गर्दा सबै क्षेत्रमा उम्मेदारहरु जित्ने पूर्णआत्मविश्वासका साथ मैदानमा घटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको निचोड निकालेको छ ।

सचिव विश्वकर्मासँगको टोलीमा रुपन्देहीका पूर्व इन्चार्ज रहेका नेता लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरेले सबै निर्वाचन क्षेत्रका उम्मेदार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेतको अवलोकन गरेर उम्मेदारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो । जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदारसँग घरदैलोकै क्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा क्षेत्रीय रुपमा आयोजित घरदैलो, प्रचार र्यालीसहितका कार्यक्रम अनुगमन गरिएको हो ।

टोलीले सबै उम्मेदारहरुले फराकिलो मतान्तरले जित्ने आत्मविश्वासका साथ मैदानमा खटिएको पाएपछि सामाजिक सन्जालमा चलाइएका अफवाहमा कुनै सत्यता नरहेको निचोडमा पुगेको तर एमालेको पक्षमा माहोल तयार भएपछि विपक्षीहरुले गर्ने गलत प्रचार तथा निर्वाचन नै विथोल्ने रणनीतिका बारेमा विशेष चनाखो रहन सम्बन्धित क्षेत्रीय कमिटीलाई निर्देशन गरेको थियो ।
रुपन्देहीको क्षेत्र नं २ मा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेदार हुनुहुन्छ । टोलीले सो क्षेत्रको निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठसँगको कुराकानीमा फरााकिलो मतान्तरले उपाध्यक्षले जित्ने विषयमा कुनै समस्या नरहेको जनाइएको थियो । श्रेष्ठले सबै वडागत रुपमा तयारी र उम्मेदारको घरदैलोको अभियान चलिरहेको बताउँदै एमालेविरुद्ध चलाइएका भ्रमहरु सबै मतदाताले बुझ्दै गएको जनाउनुभयो ।

यो क्षेत्रमा पौडेलले ०६४ देखि लगातार जित्दै आएको र पटक पटक अर्थमन्त्री भएर धेरै काम गरेको, अन्य दलका उम्मेदारको केन्द्रमा पहुँच पनि कम भएकाले केही तटस्थ मतदाताहरु पनि स्वतह पौडेलको पक्षमा आउने आंकलन गरेको छ । क्षेत्र नं १ मा एमालेका केन्द्रीय नेता  दधिराम न्यौपाने उम्मेदार रहेका छन् । यसअघि सो क्षेत्रमा जितेका विश्वकर्माले न्यौपानेको घरदैलौमै पुगेर मतदातासमक्ष मत मागे र त्यहाँको पार्टी कमिटीलाई पूर्णरुपमा लाग्न निर्देशन दिनुभयो । पूर्वअर्थमन्त्री रहेका नेता लिला गिरीले टोलगत रुपमा सुक्ष्म अध्ययन गरेर परिचालन हुन र समस्या देखिएका ठाउँमा तत्काल सम्बोधन गर्न सो क्षेत्रको कमिटीलाई निर्देशन गर्नुभएको थियो ।

क्षेत्र नं ४ ३ मा उम्मेदार रहेका बासुदेव घिमिरेको माहोल पहिलेभन्दा धेरै राम्रो भएको टोलीलाई उनले सुनाए । भैरहवा, बेथरी हुँदै फर्साटिकरमा रहेको घिमिरेको घरदैलोमै टोली पुगेर मैदानको अवस्थाबारे जानकारी लिएको थियो । घिमिरेले निर्धक्कका साथ निर्वाचन जितिने विषय टोलीलाई सुनाउनुभयो । उहाले पार्टी नेतृत्व पूरै मैदानमा खटिएको र सबै क्षेत्रमा देखिएको ऊर्जाले यो अवस्था आएको जनाउनुभयो । क्षेत्र नं ४ मा उम्मेदार रहेका प्रमोद यादवको माहोल अझै राम्रो भएको छ । बुधबार उहाको क्षेत्रमा देखिएको ठूलो र्यालीले पनि त्यसको संकेत गरेको जिल्ला अध्यक्ष गैरेले जनाउनुभयो ।

मैदानमा पुगेर अवस्था हेरेपछि एमालेको पक्षमा माहोल बनेको पाएको र उम्मेदार आफै ढुक्कसँग फराकिलो मतान्तरमा जित्ने अपेक्षा साथ खटिएको गैरेले बताउनुभयो । यसअघि निर्वाचन जितेको, पराजय भोगेको अनुभवी र सो क्षेत्रमा लामो समयदेखि राजनीति गरेका यादवको उम्मेदारीले एमालेलाई आत्मिविश्वास बढेको अनुगमन टोलीमा रहेका नेता गोपाल भट्टराईले बताउनुभयो।

रुपन्देही क्षेत्र नं ५ उम्मेदार रहेका प्रभावशाली नेता खिमलाल भट्टराईलाई मात्रै होइन उनका प्रतिस्पर्धीले पनि यो क्षेत्रमा एमाले बलियो भएको स्वीकार गरिसकेको क्षेत्र हो । बलियो सांगठनिक आधारमा सो क्षेत्रमा धेरै पहिलेबाट निर्वाचन तयारी गरेका भट्टराईले टोलीमा रहेका नेताहरुलाई आत्मविश्वासका साथ फराकिलो मतान्तरले निर्वाचन जित्ने सुनाउनुभयो । गैडहवामा घरदैलोमा रहेका भट्टराईले पार्टीले गर्ने निर्देशनका आधारमा अघि बढेको र कुनै स्थानमा समस्या भए तत्काल समन्वय गर्ने जनाएका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update