रुपन्देही–२ मा एमालेको उत्साहजनक घरदैलो, जेनजी उमेर समूहदेखि पाका पुस्तासम्मको साथ

बुटवल ,फागुन १४
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले रुपन्देही–२ ले घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । घरदैलो तथा भेटघाटमा निस्किएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जेनजी उमेर समुहका युवादेखि पाका पुस्ताले समेत फूलमालाले स्वागत गर्दै आर्शिवाद दिएका छन् । 

घरदैलो अभियन अन्तरगत विहिबार विहान बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा भएको भेटघाटमा जेनजी युवाहरुले पौडेललाई फूलमालाले स्वागत गरे भने जेष्ठ नागरिकहरु उनलाई अँगालो मारेर आर्शिवाद दिन पुगे । पौडेललाई आशिर्वाद दिँदा उनीहरुको आँखामा आँसु छल्किएपछि स्वम् उम्मेदवार पौडेलनै अवाक हुनुभएको थियोे । यसैगरी बुटवल–९ को कालिकापथ अन्तरगत रहेका दर्जनौ स्थानबाट टीका, माला र खादा लिएर पौडेलको पर्खाइएमा रहेका भिडहरुमा जेनजी युवाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । 
एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीको नेतृत्वमा विहिबार आयोजित घरदैलोमा सयौंको सङ्ख्यामा एमाले कार्यकर्ता तथा शुभचिन्तकहरु सडकमा ओर्लिएका थिए । उम्मेदवार पौडेललाई स्वागत गर्न प्रायजसो घर–घरबाट मतदाताहरु स्किएर उत्साहपूर्ण सहभागिता जनाएका थिए । 

घरदैलो कार्यक्रम अन्तरगत आयोजित छोटो कोणसभामा सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवलको कालिका पथलाई रात्रीकालिन बजारको रुपमा बिकास गर्नका लागि आवश्यक भौतिक पूर्वाधार बिकास गरिने प्रतिवद्धता ब्यक्त गर्नुभयो  ।
 ‘बुटवलको कालिका पथलाई दिन र रात एकै हुनेगरी उज्यालो शहरको रुपमा बिकास गर्नुपर्नेछ । त्यसका लागि आवश्यक सडक बत्ति जडान, सुरक्षा व्यवस्था तथा आश्यक सम्पूर्ण व्यवस्था गरिनेछ ।’–पौडेलले भन्नुभयो, बुटवलाई पर्यटकीय शहरको रुपमा नमूना बनाउने गरी योजना अघि बढाइने छ । यसैगरी पौडेलले बुटवल र समग्र रुपन्देहीको बिकासका लागि आवश्यक योजनाहरु अघि बढी रहेको बताउँदे आफ्नोतर्फबाट गर्न बाँकी केही भएमा सुझाव प्रस्तुत गर्न वा लेखेर दिन मतदाताहरुलाई आग्रह गर्नुभयो । 

बुटवलको बिकास लागि तिनाउ नदीको व्यवस्थापन गरी पर्यटनको क्षेत्रमा बिकास गरिने उहाले बताउनुभयो। ‘तिनाउ नदीको कटान रोक्नका लागि चेकवाल निर्माणको काम भैरहेको छ । अब यो नदीलाई अभिसाप होइन परदान हो भन्ने मानक स्थापित गर्नेगरी बिकासको काम अघि बढ्छ ।’–पौडेलले भन्नुभयो  । निर्वाचनको मिति नजिकिँदै गर्दा एमालेप्रति मतदाताको आकर्षण बढ्दै गएको नेताहरुको दाबी छ । एमाले रुपन्देही क्षेत्र नम्बर–२ को निर्वाचन परिचालन कमिटिका सह–संयोजक तथा युवा परिचालन कमिटिका संयोजक राजु गुरुङले जित निश्चित भएको दाबी गर्नुभयो  । जनताको सात र उत्साहले पनि उक्त कुरालाई संकेत गरेको उहाँको दाबी छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update