सैनामैना र बुटवलबाट रास्वपा–नेकपा छाडेका साढे ३ सय जना एमालेमा प्रवेश

बुटवल,फागुन १५ 
रास्वपा–नेकपासहित विभिन्न पार्टीमा रहेका सैनामैना र बुटवलको वडा नं १२ र १३ बाट साढे ३ सय जनालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीमा प्रवेश गराउनुभएको छ  । शुक्रबार बिहान बुटवल उपमहानगरको वडा नं १२ र १३ बाट र दिउँसो सैनामैनाको विभिन्न वडाबाट साढे ३ सय जनालाई पार्टी प्रवेश गराइएको जिल्ला उपसचिव बाबुराम पन्थीले जानकारी दिनुभयो । 

सैनामैना क्षेत्रबाट प्रवेश गर्ने ३ सय जनाको संयोजनक वडा नं १ शाखा कमिटीका उपाध्यक्ष चक्र शाहीले गर्नुभएको थियो । आफ्नो क्षेत्रमा रहेका रास्वपा, नेकपासहितका विभिन्न दलमा आस्थावानहरुले एमालेप्रति भरोसा गरेर प्रवेश गर्न चाहेकाले संयोजन गरेर पार्टी कार्यालयमा ल्याएको र उपाध्यक्ष विष्णु पौडेलमार्फत पार्टीमा स्वागत गराएको उनको भनाइ छ।‘भूमिहिन, लालपूर्जाबिहीनहरुको भरोसाको पार्टी बनेको छ, नयाँ जेनजीहरु जो भ्रममा परेर बसेका थिए उनीहरु पनि आजको प्रवेशमा सहभागी छन्, पार्टी नेतृतवले यी कार्यकर्ताको मनोभावना बुझेर अघि बढोस्, आज प्रवेश गरेकाहरुलाई पार्टीमा उचित जिम्मेवारी दिएर काममा खटाउन सकोस्’ उहाँले भन्नुभयो ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै उपाध्यक्ष पौडेलले विभिन्न हल्लाका कारण एमालेको जिम्मेवारीमा नरहेकाहरुले आफैले नै पार्टी प्रवेश गरेर बलियो एमाले बनाउन चाहेकोमा निकै खुीि लागेको बताउँदै अब त्यो क्षेत्रको भरोसा गर्नेखालको काम गरेर देखाउने बताउनुभयो  । ‘मैले यहाँ आएका जेनजी उमेरका, पाकापुस्ता सबैलाई देखेको छु, सबैले एमाले र मेरो आधार मानेर विश्वास गर्नुभएको छ, हामी तपाईहरुको भावनाअनुसार अघि बढ्नेछौं’।उहाँले भन्नुभयो । 

पार्टी प्रवेश कार्यक्रममा एमाले लुम्बिनी उपाध्यक्ष तथा रुपन्देही २ निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठले सबै क्षेत्रबाट आएका सुझावका आधारमा पार्टीले काम गर्ने र आफ्नो क्षेत्रमा आएका समस्याहरु तत्कालै दिन सबैलाई आग्रह गर्नुभएको थियो । शुक्रबार नै बुटवल १२ मा दर्जनौं युवाहरु पार्टीमा प्रवेश गरेको एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिनुभयो । उनीहरुलाईपनि एमाले उपाध्यक्ष पौडेलले पार्टी प्रवेश गराउँदै युवाहरुको योजनाअनुसार अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update