नेकपा केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश
बुटवल, फागुन १६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गर्नुभएको छ। उहाँलाई एमाले उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरीले पार्टीमा स्वागत गर्नुभएको छ । उहा राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुनुहुन्छ ।
एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढणालाई आधार मानेर रोजेको बताउनुभयो।उहाले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताउनुभयो ।
पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाउनुभयो।उहाँसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम एमाले प्रवेश गर्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२ १४:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

