लैङ्गिक हिंसा विरुद्वकाे १६ दिने अभियान: माथागढी पाल्पामा सक्षमता अभिवृद्धि  तालिम 

बुटवल , मंसिर ११

लैङ्गिक हिंसा विरुद्वकाे १६ दिने अभियानकाे सन्दर्भमा माथागढी गाउँपालिकाद्वारा आयाेजित महिला सशक्तीकरणका लागि सक्षमता अभिवृद्धि सम्बन्धि दुई दिवसीय तालिम साेमवार झडेवामा सम्पन्न भएकाे छ । 

समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सदस्य माननीय खेमबहादुर सारु मगरले लैङ्गिक हिंसा विरुद्वकाे अभियान निरन्तर सञ्चालन गरि सक्दाे छिटाे माथागढी गाउँपालिकालाई लैङ्गिक हिंसामुक्त गाउँपालिका बनाउनु पर्नेमा जाेड दिनुभयो ।

साथै उहाँले दिनप्रति दिन हिंसा बढिरहेकाे उल्लेख गर्दै तालिमबाट सिकेका विषयवस्तुहरुलाई गाउँटाेलमा पुर्याइ सबैलाई सचेत गराउन समेत अनुराेध गर्नुभयो ।१६ दिने अभियानमा मात्र हिंसा हटाउन कार्यक्रम गरेर नहुने भएकाेले याेजना बनाएर वर्षभरिनै लाग्नुपर्ने सांसद सारु मगरले अपील गर्नुभयो। 

उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी मगरले लैङ्गिक हिंसा विरुद्वकाे १६ दिने अभियानलाई व्यवहारत: लागू गर्न सक्ने गरि तालिमकाे आयाेजना गरिएकाे उल्लेख गर्दै हिंसा न्यूनीकरणका लागि महिलाहरुलाई आर्थिक अधिकारमा समेत संलग्न गराउनु पर्नेमा जाेड दिनुभयो ।

आफ्नाे पालिकाले आयमुखी र स्वराेजगारका कार्यक्रममा प्राथमिकता दिदै हिंसा विरुद्वकाे अभियानलाई सफल पार्न पालिका गतिशील रहेकाे बताउनु भयो ।

साे कार्यक्रममा उपाध्यक्ष विष्णुमाया लुङ्चेले दुई दिने तालिममा आफू प्रत्यक्षरुपमा संलग्न भई लैङ्गिक हिंसा विरुद्वकाे अभियानकाे ऐतिहासिकता,वर्तमान नेपाली परिवेश,हिंसाका कारण,दुष्परिणाम,कानुनी उपचार ,नेता,नेतृत्व र सशक्तीकरणका पाईलाहरु विषयमा गहनरुपमा बुझ्न पाएकाे उल्लेख गर्नुभयो। 

तालिमका प्रमुख प्रशिक्षक दलबहादुर गुरुङ,महिला समन्वय समिति,माथागढीकी अध्यक्ष चेतमाया ढकाल,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे,महिला, बालबालिका तथा ज्येष्ठ शाखाकी प्रमुख पुनम चिदी,टाेपला पाण्डेय,विष्णु जीसी चन्द्रकला बाह्रघरे,लीला चिदी लगायतले तालिम कार्यक्रम छाेटाे समयका लागि भएतापनि निकै प्रभावकारी र कार्यान्वयनमुखी भएकाे बताउनुभएको  थियो  ।

उक्त तालिमको दलबहादुर गुरुङ,बेनु थापा र रीमा सोमैले सहजीकरण गर्नुभएको थियोे ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update