इनरह्वील क्लव अफ मिडटाउनको अध्यक्षमा सुशीला पोखरेल 

बुटवल, असार २१
इनरह्वील क्लव अफ मिडटाउन बुटवलको १८ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बिच वर्ष २०२५/२६ का अध्यक्ष जुनु भण्डारीले वर्ष २०२६/२७ का नवनिर्वाचित लाई पद हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रमका प्रमुख अतिथि इनरह्वील डिष्ट्रिक ३५० नेपालका चियरमेन डा। सृष्टि श्रेष्ठ प्रजापतिले इनरह्वील क्लवहरु विशेषगरी महिला सशक्तीकरणका कार्यक्रममा केन्द्रित रहन आग्रह गर्नुभयो।

 श्रेष्ठले स्वास्थ्य , बन वातावरण संरक्षणका लागि  बृक्षरोपण र सकाजमा आवश्यकताका आधारमा गुणत्मक काम गर्न निर्देशन दिनुभयो । चियरमेन श्रेष्ठका अनुसार इनरह्वील क्लवहरुले समाजमा अझ प्रभावकारी भूमिका खेल्दै आपसी मित्रतालाई कायम राख्दै नयाँ सोँच नयाँ उर्जाका साथ समाजमा सकारात्मक सन्देश दिने गरि काम गर्न जरुरी छ । कार्यक्रममा क्लबले रुपन्देही जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका १३ जना विद्यार्थीहरुलाई जनही ५ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शान्ति नमुना माविका १ जना ,जनज्योति माविका ४ जना ,भविष्य निर्माण मावि देवदहका २ जना , बुटवल उपमहानगरपालिकाको नवीन औद्यौगिक कदर बहादुर रिता माविका ३ जना ,कान्ति माविका १ जना र नवरत्न माविका ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको क्लवले जनाएको छ ।

क्लवको बर्ष २०२६ २७ को टिममा आइपिपिमा जुनु भण्डारी , अध्यक्षमा सुशीला पोखरेल , भिपिमा गिता खनाल , सेक्रेटेरीमा सुधा न्यौपाने , टे«जरमा कविता परियार , आइएसओमा राधिका गौतम , एडिटरमा प्रेरणा केसी बिमला , एक्जुकेटिभ मेम्बरमा सविता बिक , कल्पना खनाल , जोईन सेक्रेटरीमा बिजु पौडेल र जोईन टे«जररमा सृष्टि अधिकारी भुसाल रहनुभएको क्लवले जनाएको छ। कार्यक्रममा इनरह्वील क्लवका पुर्ब अध्यक्षहरु, सम्पूर्ण शाखाका अध्यक्ष तथा प्रतिनिधि इनरव्हील सदस्यहरुको उपस्थिति रहेको थियोे । क्लबको कार्यकाल १ वर्षको हुनेछ । 

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update