व्यापार संघमा महिला उद्यमीहरुको भेला सम्पन्न

बुटवल, माघ १६

महिला व्यवसायीहरुलाई संगठित गरि व्यवसायीक हकहितसंगै महिलाहरुलाई उद्यमी व्यवसायी बनाउने उद्देश्यले लक्ष्य राखेर रुपन्देही व्यापार संघमा आवद्ध महिला सदस्यहरुको भेला सम्पन्न भएको छ । उपसमितिहरु गठन पुर्नगठन गर्ने क्रममा सो भेला आयोजना गरिएको संघले जनाएको छ । संघको सचिवालयमा भएको उक्त भेलामा बोल्ने बक्ताहरुले महिलाहरुलाई उद्यमशिल बनाउन सकेमा आर्थिक समृद्धि तिब्र रुपमा अगाडी बढ्ने बताएका थिए । उनीहरुले महिलाको शिप विकासमा संघले सहयोगीको भुमिका खेल्ने धारणा राखेका थिए । 

भेलाले सरिता नेपालको संयोजकत्वमा १५ सदस्यीय महिला उद्यमी बस्तुगत उपसमिति गठन गरेको छ । उपसमितिको संह–संयोजकमा कल्पना भण्डारी, सचिवमा गौरी न्यौपाने, कोषाध्यक्षमा सरिता पाण्डे, सह–सचिवमा विश्व श्रेष्ठ रहनु भएको छ । यसैगरि सदस्यहरुमा सन्ध्या आले, राधिका भण्डारी, तारा पाण्डे, चम्फा ज्ञवाली, प्रमिला सुवेदी, विमला कार्की, दया शर्मा, ज्योति पोखरेल, रेनु पन्त, यमुना अर्याल रहनुभएको छ । 

कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले संघसंग आबद्ध भएका वा नभएका सबै क्षेत्रका व्यवसायी महिलाहरुको लागि कसरी काम गर्न सकिन्छ भन्ने बारेमा संघले फराकिलो सोंच राखेको बताउदै महिलाहरुमा उद्यमशीलता तथा व्यवसायीक क्षमता वृद्धि गर्ने विषयमा संघ सधै संक्रिय रहने धारणा राख्नु भयो । 

कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यसमिति सदस्य लक्ष्मी भट्टराईले आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित संयोजक सरिता नेपालले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु, महिलासम्बन्धी विविध कार्यक्रम, अरु वस्तुगत उपसमिति भन्दा फरक वस्तुगत उपसमिति रहेको साथै व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यस्तै भेलामा संघका द्वितिय उपाध्यक्ष मनहरि बस्याल, महासचिव प्रकाशराज पौडेल, सचिव वृन्दा भट्टराई आचार्य, सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपाल, सह–कोषाध्यक्ष जिवनारायण घिमिरे (जिवन), कार्यसमिति सदस्य शोभाकुमारी क्षेत्री जोशी, टेकराज पन्थी, इश्वरा देवकोटा (इशु), प्रेमनाथ पाण्डे, माधवप्रसाद ज्ञवाली लगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा बताउनुभयो । कार्यक्रम संघका कार्यसमिति सदस्य लक्ष्मी भट्टराईको अध्यक्षता तथा महिला उद्यमी वस्तुगत उपसमितिका सचिव सरिता नेपालको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update