महिलाले हाकेका सामाजिक संस्थाको उदाहरणीय काम

 बुटवल,जेठ  १६
बुटवल भैरहवा अन्र्तगत सिद्धार्थ राजमार्ग अहिले फराकिलो भएको छ । बाटोको विकास संगै पहिलेदेखि रहि आएका रैथाने बोटविरुवा अहिले देख्न पाईदैन । सार्वजनिक यातायातको पर्खाइमा बस्ने नागरिक हुन् वा बिद्यालय जादाआउँदा अभिभावकले आफ्ना बालबालिकको प्रतिक्षा गर्न होस् , प्रतिक्षालय एउटा महत्वपुर्ण र आवश्यक स्थान हो । जहाँ बसेर ज्येष्ठ नागरिकहरुले पनि आफ्ना दुखसुखका कुराकानी गरेको हामीले देख्ने गरेका छौ । 

हो, यही आवश्यकतालाई महसुस गरेर इनरव्हील क्लब अफ मिडटाउन बुटवलले बुटवल ११ कालिकानगरमा रहेको कालिका मानवज्ञान माबि अगाडि सिद्धार्थ राजमार्गमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । यही बैशाख १७ गते वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले शिलान्यास गर्नुभएको प्रतिक्षालय निर्माण पुरा गरि बुधबार इनरव्हील क्लब डिष्ट्रिक ३५०  बर्ष २०२४–२५  का  डिष्ट्रिक चियरमेन आशा श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

प्रतिक्षालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले बाटोमा हिड्ने बटुवाहरुका लागि र बिद्यार्थीहरुका लागि प्रतिक्षालय बनाएकोमा क्लबलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै समाजको आवश्कताका आधारमा कार्यक्रम गरि अगाडि बढ्न आग्रह गर्नुभयो ।उहाँले सामाजिक काम गर्दा आवश्यकता पनि पूरा हुने र संघसस्थाहरुको अपनत्व उदेश्य पनि पुराहुने गरि काम गर्नसकै सधैभरि सघसस्थाहरुको गरिमा बढ्ने उल्लेख गर्नुभयो । 

कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर ११ का कार्यवाहक वडा अध्यक्ष नकुल शाही ठकुरीले सार्वजनिक ठाउँमा प्रतिक्षालय बनाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा समन्वय र सहकार्यमा हातेमालो गर्दै अगाडि बढनुपर्ने बताउनुभयो । सामाजिक संघ सस्थाहरुले गरेका राम्रा कामहरुमा वडाले सधै समन्वय गर्ने प्रविद्धता व्यक्त गर्नुभयो । 

क्लवका अध्यक्ष राधिका रिजालले आफ्नो बाल्यकालमा घामले पोल्दा, पानी आउदा ओत लाग्ने ठाँउ प्रतिक्षालयको महसुस गरेको स्मरण गर्दै आफु नेतृत्वमा आउदा प्रतिक्षालय निर्माण गरेको बताउनुभयो । रिजालले बिशेषगरि कालिका मानवज्ञान माबिमा अध्ययन गर्ने बालबालिकाहरु र यात्रुहरुका लागि प्रतिक्षालय आवश्कता देखेर यो प्रोजेक्ट अगाडी सारेको बताउनुभयो। पहिला चौपारी चिन्ने प्रचलन हुन्थ्यो,अहिले हाम्रा चौपारी भनेकै प्रतिक्षालय हुन्,(उहाँले भन्नुभयो,त्यसैले प्रतिक्षालय निर्माण गरिएको हो, यस्ता कामबाट धेरै सन्तुष्टी मिल्दछ ।,  

कार्यक्रममा बुटवल वडा नम्बर ११का वडा सदस्य  माया दर्नाल, शिवटोल विकास संस्थाका टोल अध्यक्ष शालिकराम पौडेल,इनरव्हील क्लबका संस्थापक सल्लाहकार  भारती  जोशी,रोटरि क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु , उमेशमान सिंमाङगैडा,लुम्बिनी डेरी मिल्क प्राइभेट लिमिटेडका संचालक विक्रम रिजाल,भाइस प्रेसिडेण्ड जुनु भण्डारी ,राजु तिवारी , रविलाल सुवेदी ,दधिराम ज्ञवाली,सरस्वती सुवेदी ,माया बराल , इनव्हील क्लब अफ तिलोत्तामाका भाइस चेयरमेन रत्ना रिजाल , इनरव्हील क्लब अफ तिलोत्तामाका चार्टर प्रेसिडेन्ट सपना लम्साल, इनरव्हील क्लब अफ मिडटाउन  बुटवलका संस्थापक सल्लाहकार बबिता श्रेष्ठ,क्लबका पुर्ब अध्यक्षहरु  कला केसी ,अन्जु कार्की ,तृष्णा श्रेष्ठ ,राधा भट्टराई ,मिठु भण्डारी,  प्रभा अर्याल ,सदस्य कविता परियार लगायतको  सहभागिता रहेको थियो । 

प्रतिक्षालय निर्माणका लागि लुम्बिनी डेरी मिल्क प्राइभेट लिमिटेडका संचालक विक्रम रिजालले स्पोन्सर गर्नुभएको थियो। कार्यक्रम क्लबका अध्यक्ष राधिका रिजालको अध्यक्षता , पुर्व अध्यक्ष कला केसीको स्वागत र सचिव सुशिला पोखरेलको संचालनमा सम्पन्न भएको थियो । महिलाहरु मात्रै आवद्ध रहेको इनरव्हील क्लब अफ मिडटाउन बुटवलले रुपन्देहीमा रहेर बिभिन्न सामाजिक र शैक्षिक क्षेत्रमा सक्रियतापुर्वक बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update