रोटरी क्लब अफ तिनाउ बुटवलको अध्यक्षमा उमा आचार्य 

बुटवल,असार २१  
रोटरी क्लब अफ तिनाउ बुटवलको वर्ष २०२५-२६ का अध्यक्षका लागि उमा आचार्यले सपथ ग्रहण गर्नुभएको छ । शुक्रबार सम्पन्न नवौं पद हस्तान्तरण कार्यक्रममा २०२४-०२५ का अध्यक्ष रमिला शर्माले वर्ष २०२५-२६ का अध्यक्ष उमा आचार्यलार्ई पद हस्तान्तरण गर्नुभएको हो । 

बर्ष २०२५ -२६ का लागि अध्यक्षमा आचार्य संगै आई पिपिमा रमिला शर्मा ,प्रेसीडेन्ट इलेक्ट माया भट्टराई,प्रेसीडेन्ट नोमिनी समा प्रभिन,भाईस प्रेसीडेन्ट फस्ट अनिता भुसाल ,भाईस प्रेसीडेन्ट सेकेण्ड बिनिता खनाल, सेक्रेटरीमा सबिता निरौला , टे«जर लक्ष्मी घिमिरे, जोइन रमा थापा , जोईन ट्रेजरर राधिका पोखरेल, सर्जेन्ट एट आम्स फस्ट सपना कार्की,सर्जेन्ट एट आम्स सेकेण्ड शाारदा तिवारी, मेम्बरसीप चेयरमा निरु रिजाल, एडमिन्स्ट्रेटिभ चेयरमा लक्ष्मी भट्टराई,सर्भिस प्रोजेक्ट चेयरमा इन्दिरा भट्टराई, टिआरएफ चेयरमा अन्जना पाण्डे,क्लब मनिटर मिना भुसाल पाठक,इडिटरमा रन्जु चापागाई निर्वाचित हुनुभएको नवनिर्वाचित सेक्रेटरी सबिता निरौलाले जानकारी दिनुभयो । 

 

वर्ष २०२५/२६ का अध्यक्ष उमा आचार्यले क्लबले अगाडी सारेका कामहरुलाई निरन्तरता दिदै डिष्ट्रिकको अवधारणा अनुसार क्लबको गरिमालाई उचो बनाउने खालका कार्यक्रमहरु आफ्नो कार्यकालमा सम्पन्न गर्ने बताउनुभएको छ । साथै यसबर्षपनि क्लबले अगाडी साारेका कार्यक्रम विपन्न तथा गरिब परिवारका छोरीहरुलाई छोरी शिक्षा कार्यक्रम अन्तर्गत छात्रवृत्ति, सीपमुलक तालिम प्रदान लगायतका कामहरुलाई निरन्तरता दिने बताउनुभयो । नवनिर्वाचत टिमले एकबर्षको नेतृत्व गर्नेछ । रोटरी क्बल अफ तिनाउ, रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत महिलाहरु मात्रै सदस्य रहेको पहिलो क्लब हो । 


 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update