रोटरी मेडिको फ्युजन हाईब्रिड नेपालको अध्यक्षमा डा.मन्जु

बुटवल,साउन ३
स्वास्थ्य सेवामा दिनरात नभनी खटिने चिकित्सकहरु आवद्ध रोटरी ई क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालको पाचौ पद स्थापन शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लबका वर्ष २०२४/२०२५ का अध्यक्ष डा.बिक्रम काफलेले क्लबका वर्ष २०२५/२०२६ का अध्यक्ष डा.मन्जु गुभाजुलाई पदभार हस्तान्तरण गर्नुभएको हो । 

एक कार्यक्रममा बिच पिडिजि राजेन्द्र प्रसाद ध्वजुले कार्यक्रमको उद्घाटन गर्दै मेडिको फयुजन क्लब डिष्ट्रिकमा नै फरक पहिचान बनाएको बताउदै आगामी दिनमा अझै उत्कृष्ट कार्यक्रम गरेर उदाहरणीय बन्नुपर्ने बताउनुभयो । आम नागरिकको मन जितेर स्वास्थ्यको विषयमा कार्यक्रम गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा क्लबका  अध्यक्ष डा.मन्जु गुभाजुले आफ्नो बार्षिक कार्ययोजना प्रस्तुत गर्दै स्वास्थ्य सचेतनाको कार्यक्रमलाई विशेष जोड दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले बिशेष गरी महिलाको स्तन, पाठेघरको क्यान्सर ,आँखा शिविर, दन्त शिविर, छात्रवृत्ती प्रदान, बिभिन्न आश्रमहरुमा सहयोग ,नागरिक सचेतनाकार्यक्रम संगै बिभिन्न स्वास्थ्य शिविरहरु आयोजना गर्ने बताउनुभयो । 
कार्यक्रममा क्लबका सल्लाहकार एजाज आलम, लुम्बिनी मेडिकल कलेज प्रमुख गोपाल पोखरेल, डा.राजेन्द्र खनाल , डा. प्रकास बस्नेत, बिजय भण्डारी, संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेल लगायतले बाल्दै सामाजिक र स्वास्थ्य क्षेत्रमा क्लबले गरेका कार्यहरु उत्कृष्ट भएको बताउँदै रोटरीले सामाजिक क्षेत्रमा गर्दै आएको योगदानको बारेमा प्रकाश पारका थिए ।

रोटरी ई क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालका लागि बर्ष २०२५ /२६ का लागि अध्यक्षमा डा . गुभाजु, आई पि पि बिक्रम काफ्ले, प्रसीडेन्ट इलेक्ट डा ।बिनेश शाक्य, फस्ट भाईस प्रसीडेन्ट डा सुमन पौडेल, सेक्रेटरी डा बिजय भण्डारी, टे«जरर एलिना शाक्य,जोइन्ट टे«जरर दिपा ढुंगाना, क्लब एडमिनिष्ट्रेसन चेयर गायत्री शर्मा, मेम्बरसीप चेयर रस्मिका थपलिया,पब्लिक रिलेसन चेयर डा. राजेन्द्र खनाल, सर्भिस प्रोजेक्ट चेयर डा. शाहिल भुसाल,युथ सर्भिस चेयर डा. अनुप थापा,सर्जेन्ट एट आम्स डा. अभिषेकमान बज्राचार्य र क्लब मेन्टरमा डा. प्रकाश बस्नेत रहनुभएको छ । 

रोटरी ई–क्लब अफ मेडिको फ्युजन हाइब्रिड नेपालले यस भन्दा अगाडी नै क्लबका विभिन्न गतिविधिहरुको साथैं अन्य उपयोगी सामाग्रीहरु जनसमक्ष पु¥याउने उद्देश्यले आफ्नो अलग्गै वेवसाइड सञ्चालनमा ल्याइसकेको छ । क्लवको डोमेन डब्लुडब्लुडट आर सि मेडिकोफ्युजन डट ओआरजी रहेको छ ।

विश्वमै नमुना रोटरी क्लबको रूपमा रहेको रोटरी ई–क्लब अफ मेडिको फ्युजनमा विवाहित जोडी नै सदस्य हुनुपर्ने विधानमा उल्लेख छ । सदस्य हुनेहरु श्रीमान-श्रीमतीमध्ये कम्तिमा एकजना डाक्टर हुनुपर्ने हुन्छ ।
 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update