
बुटवल,साउन ३१
भनिन्छ, सानो सहयोगले पनि कसैको जिवनमा ठुलो महत्व राख्दछ। स्थानिय स्तरमा स्थापना भएका क्लबहरुले पछिल्लो समय सचेतना ,सशक्तिकरण ,सहयोग जस्ता मानविय कार्य गर्दै आएका छन् । बुटवलमा सामाजिक सेवाभावले स्थापित क्लब इनरव्हील क्लब अफ जितगढीले अस्वस्थ नागरिकलाई सहयोग गरि मानविय धर्म स्थापित गर्ने दिएको छ ।
क्लबले एक कार्यक्रमका बिच साउन २७ गते क्यान्सर रोगबाट ग्रसित सत्यवती गाउपालिका ७ फुलुङ गुल्मी निवासी ४० बर्षका कुमार भण्डारीलाई आर्थिक सहयोग गरेको छ । बिगत २ बर्षदेखि क्यान्सर रोग संग लडिरहनुभएका भण्डारीलाई ४० हजार १५ रुपिँया नगद सहयोग गरिएको क्लबका अध्यक्ष यसोधा भट्टराइले जानकारी दिनुभयो ।
उपचारका क्रममा भएको सम्पत्ति सकिएपछि आर्थिक सहयोगका लागि अपिल गरेको थाहा पाउना साथ थोरै भएपनि राहतहोस् भन्ने भावना र उदेश्य राखेर सहयोग रकम उहाँ सहित परिवारलाई प्रदान गरिएको भट्टराइले बताउनुभयो । भट्टराइले बिरामीको सिघ्र स्वास्थलाभको कामनाका साथ सहयोग गर्ने क्लबका सम्पुर्ण सदस्यहरु र सहयोगी व्यक्तीहरुलाई धन्यवाद दिनुभयो ।
सहयोग रकम प्रदानका लागि क्लबका सल्लाहकार हेमा न्यौपाने ,सचिव रिता घिमिरे लामिछाने लगायतको सहभागिता रहेको थियो । बिरामी भण्डारीले सहयोगका लागि क्लबलाई धन्यवाद दिनुभयो ।