बुटवल,जेठ २५
बुटवल–१५, ढवाहामा रहेको वेस्टर्न मेगा कलेजको आयोजनामा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि लक्षित ३० दिने निःशुल्क सीपमूलक हस्पिटालिटी तालिम सुरु भएको छ ।
विशेष गरी फुर्सदको समयलाई सदुपयोग गरी विद्यार्थीहरूलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताउनुभयो । ८० जना प्रशिक्षार्थी सहभागी भएको तालिममा तीनवटा विधालाई मुख्य प्राथमिकतामा राखिएको छ ।
जस अर्न्तगत बेकरी एण्ड किचन, बारिस्टा एण्ड एफ एण्ड बी सर्भिस,गेष्ट ह्याण्डलिङ एण्ड हाउसकिपिङ रहेका छन् प्रशिक्षार्थीहरूका लागि निःशुल्क दर्ता, निःशुल्क तालिम र तालिमको समाप्तिपछि निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको कलेजका परिक्षा संयोजक प्रेम पोखरेलले बताउनुभयो।
दैनिक बिहान ११ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुने तालिमको बि। एच। एम ।शिक्षक बिकास खत्री र गणेश श्रेष्ठले सहजिकरण गर्नुहुनेछ । कलेजले तालिममा सहभागी बिद्यार्थीका लागि अतिरिक्त सुविधाको रूपमा ’फ्री स्विमिङ’ समेत समावेश गरेको जनाएको छ ।
लामो समय देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजले अन्तर्राष्ट्रिय सम्बन्धन सहित व्यावहारिक र सीपमूलक शिक्षामार्फत विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारका लागि सक्षम बनाउँदै आएको छ।

