बुटवल, असार २३
बुटवल १५ मा रहेको वेस्टर्न मेगा कलेज प्रा. लि. र कोड फर चेन्ज रुपन्देही बीच सम्झैता भएको छ । कलेजमा अध्ययनरत तथा अन्य प्रविधि क्षेत्रका विद्यार्र्थीहरूको नवप्रवर्तन र प्राविधिक क्षमता अभिवृद्धिका लागि (Provincial Phase - Rupandehi, Code Fest 2026) भव्य रूपमा सम्पन्न गर्नका लागि एक समझदारी पत्र MOU मा हस्ताक्षर भई सम्झौता सम्पन्न भएको हो ।
उक्त MOU मा वेस्टर्न मेगा कलेजका तर्फबाट कलेजका प्राचार्य अधिवक्ता किसु शर्मा तथा कोड फर चेन्ज रुपन्देहीको तर्फबाट प्रोजेक्ट लिड दिपेश पोखरेलले हस्ताक्षर गर्नुभएको थियो।सम्झौता कायम भए सँगै वेस्टर्न मेगा कलेज यस कोडफेस्ट २०२६ प्रादेशिक चरण (रुपन्देही) को आधिकारिक गोल्ड स्पोन्सर-Gold Sponsor_तथा मुख्य Venue Partner रहने भएको छ ।
सम्झौता अनुसार कलेजले Hackathon संचालनका लागि आवश्यक सेमिनार हल, कन्फरेन्स रुम, इन्टरनेट, २४सै घण्टा विद्युत, प्रिन्टिङ र अन्य प्राविधिक बन्दोबस्त सहितको भौतिक पूर्वाधार उपलब्ध गराउने कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी गराउनुभयो ।
कलेजले कार्यक्रम अवधिभर सहभागीहरू, आयोजक, मेन्टर्स र निर्णयक मण्डल (करिब ७० जना) का लागि सुरक्षित बसोबास -Overnight Lodging_ तथा करिब ८० जनाका लागि दुवै दिन खाजा, र खानाको पूर्ण व्यवस्था गर्ने प्राचार्यले बताउनुभयो ।
यस अन्तर्गत आगामी श्रावण दोस्रो हप्ता ओरिएन्टेसन कार्यक्रम तथा श्रावण १६ गते शनिबार र १७ गते आइतबार मुख्य Hackathon कार्यक्रम वेस्टर्न मेगा कलेजको प्रांगणमा संचालन हुने योजना तय गरिएको छ ।प्रविधिको विकास र विद्यार्थीहरूको व्यवसायिक सिप निखार्नका लागि कलेजले यस्ता कार्यक्रमहरूलाई सधैं उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्राचार्य अधिवक्ता किसु शर्माको विश्वास छ ।
वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा BHM पढाउँदै आएको र यस वर्षदेखि ४ वर्षे BIT समेत अध्यापन सुरु गरेको छ । उत्कृष्ट छात्रवृत्ति सहित शैक्षिक वर्ष २०८३ का लागि स्नातक तहमा ४ वर्षे BIT & BHM एवं स्नातकोत्तर तहमा २ वर्षे MBA मा भर्ना शुरु भएको कलेजले जनाएको छ ।

