बुटवल,कार्तिक १३
नेपाल नर्सिङ संघले देशभरका नर्सहरूको माग सम्बोधनका लागि सुरु गरेको आन्दोलनमा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरू पनि सहभागी भएका छन्।केन्द्रिय सर्कुलेशन अनुसार नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिले जारी गरेको विज्ञप्तिमा संघले अघि सारेका मागहरूको समर्थनमा अस्पतालका सबै नर्सहरूले आन्दोलनका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल नर्सिङ संघ केन्द्रीय कार्यसमितिद्वारा घोषित आन्दोलनलाई पूर्ण समर्थन गर्दै मिति २०८२/ ७ /१२ देखि २०८२/७/१८ सम्म दिनको २ घण्टा (१० बजेदेखि १२ बजेसम्म) अति आवश्यक आपतकालीन सेवाबाहेकका अन्य कामहरूमा सहभागिता नहुने जानकारी गराउँछौं, नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिका उपाध्यक्ष पुतला खनाल द्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।”
समितिले सेवाग्राहीहरूलाई आन्दोलनका कारण पर्न सक्ने असुविधाप्रति दुःख प्रकट गर्दै सहानुभूति जनाएको छ। संघले अघि सारेका प्रमुख मागहरूमा नर्सहरूको तलब वृद्धि, पेशागत सम्मान, सुरक्षा सुनिश्चितता,पदोन्नति प्रणाली सुधार तथा कामको वातावरण सुधारजस्ता विषयहरू समावेश छन्।

निर्धारित कार्यक्रम अनुसार आज बिहिबार पनि बिहान १० बजेदेखि १२ बजे सम्म लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा धर्ना बसेको उपाध्यक्ष खनालले बताउनुभयो । माग सम्बोधन नहुदा सम्म आन्दालेन जारी रहने उनीहरुले बताएका छन् ।नेपाल नर्सिङ संघ अध्यक्ष प्रा. चन्द्रकला शर्मा र महासचिव डा .देवका कुमारी आचार्य द्धारा हस्ताक्षरित बिज्ञप्तीमा कार्तिक १८ गते सम्म माग सुनुवाई नभए थप कदम चाल्ने चेतावनी दिईएको छ ।
हेरौं आन्दोलनका कार्यकम र मागहरु के के छन् ?
२०८२/ ०७/ ०२ मा नेपाल नर्सिङ संघले पुन पेश गरेको माग पुरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरेको र उक्त कार्यदलको कार्य अवधि छठ पछि ७ कार्यदिन रहेको र उक्त कार्यदलमा नेपाल नर्सिङ संघको प्रतिनिधित्व रहेको हुदा उक्त कार्यदलको प्रतिवेदन आउने समय सम्म सम्पुर्ण निजि तथा सरकारी स्वास्थ्य संस्थामा गरीने आन्दोलनको कार्यकम यस प्रकार रहको हुदा सोहि अनुसार गर्नु हुन नेपाल नर्सिङ संघ आव्हान गर्दछ ।
आन्दोलनका कार्यकमहरुः
१. मिति २०८२।०७ ०२ पुन माग पत्र सहित आन्दोलनको तालिका सार्वजनिक गर्ने ।
२. मिति २०८२।०७ ०४ देखि ११ गते सम्म देश भरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरुमा कालो पट्टी वाधि काम गर्ने।
३. मिति २०८२।०७ १२ देखि १८ गते सम्म दिनको २ घण्टा विहान १० देखि १२ बजे सम्म अत्यावश्यक सेवा वाहेकका नर्सिङ सेवा बन्द गर्ने ।
४. मिति २०८२।०७। १८ गते सम्म मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप कार्य तालिका प्रकाशित गरिनेछ ।
मागहरु :
१ मिति २०८२/०६/२४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट पत्राचार भए अनसार निजि अस्पताल तथा शिक्षण संस्थामा कार्यरत सबै नर्सहरुको न्युनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गरियोस् ।
२. हालसम्म श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्र्तगत व्यवस्थापन गरियोस् ।
३. सार्वजनिक विदा तथा चाडपर्व विदाका दिनहरुमा काम गरे वापत एक दिन बरावरको तलव र तलवको सत प्रतिसत जोखिम भत्ताको व्यवस्था गरियोस् । तोकिएको समय भन्दा बढी कार्यका लागि सरकारी, निजि अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सिङ कर्मचारीहरुलाई नियमानुसार अतिरिक्त भत्ताको व्यवस्था गरियोस ।
४. आवश्यक्ता र मापदण्ड अनुसार दरवन्दी सृजना र दरवन्दी अनुसारको कामको व्यवस्था गरियोस् ।
५. शैक्षिक योग्यता र कार्य अनुभवको आधारमा नियमित स्तरवृद्धी तथा बढुवाको व्यवस्था गरियोस ।
६.सम्पुर्ण सामुदायिक तथा निजि विद्यालयमा नर्सको दरवन्दी श्रृजना तथा स्थाई व्यवस्थापन गरियोस ।
७. स्वास्थ्य तथा शैक्षिक संस्थाले करार नियुक्तिरसम्झौता) गरि राख्नु पर्ने। नर्सहरुलाई ज्यालादारीमा काम लगाउनु नपाइने, सक्कल शैक्षिक प्रमाणपत्रहरु संस्थाले राख्न नपाउने । हाल करार तथा ज्यालादारीमा कार्यरत नर्सहरुलाई तुरुन्त स्थाई गरियोस । नर्सिङका सम्पूर्ण दरवन्दी स्थाई विज्ञापन गरी पदपुर्तीको व्यवस्था गरियोस् ।
८. नर्स तथा स्वास्थ्य सेवा प्रदायकको तलव सुविधा, दरवन्दी नेपाल सरकार स्वास्थ्य मंत्रालयको निजि स्वास्थ्य संस्था दर्ता तथा नविकरण मापदण्डमा प्रष्ट संग राखियोस् ।
९.कुनै पनि स्वास्थ्य संस्था, स्वास्थ्य सेवा विभाग, महाशाखामा ज्येष्ठता, कार्यदक्षता र योग्यताको आधारमा नर्सले पनि प्रमुखको जिम्मेवारी पाउने व्यवस्था गरियोस् ।
१०. ग्रेडको व्यवस्था
नेपाल सरकारका समानतहमा रहेका सम्पूर्ण (निजामति, शिक्षक लगायत) कर्मचारी सरह स्वास्थ्यकर्मीहरुलाई पनि प्राविधिक २ ग्रेड यथावत राखि अरु ग्रेड समान हुनु पर्ने व्यवस्था गरियोस् ।
११. औद्योगिक नर्सको व्यवस्थाः
पचास जना भन्दा बढि कामदार भएका उद्योग तथा कल(कारखानाहरुमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य प्रवर्धनको लागि औद्योगिक नर्सको व्यवस्था गरियोस् ।
१२. अनुसार विशिष्टिकृत सेवा प्रवाहको व्यवस्थाः
विशिष्टिकृत योग्यता (शैक्षिक तथा तालिम) भएका नर्सहरुलाई सो अनुसार दरवन्दी सृजना गरि जिम्मेवारी सहित उपयुक्त स्वास्थ्य संस्थामा पदस्थापन गरियोस् ।
१३. अनुसन्धान कार्यमा नर्सहरुको क्षमता अभिवृद्धि गरी अनुसन्धात्मक कार्य मार्फत Evidence Based Practice गर्नको लागि बजेट सुनिश्चितता गरियोस् ।
१४.नीति निर्माणमा समान सहभागिता र पहुचः
नर्सिङ पेशाकर्मीको व्वस्थापनसंग सम्वन्धित कानून तथा नीति निर्माणमा नर्सको सहभागिता अनिवार्य गरियोस् ।
१५. सेवामा कार्यरत रहदा मानसिक शारिरिक स्वास्थ्यमा जोखिम भएमा वा कुनै दुर्घटना भएमा क्षतिपुर्तीको अनिवार्य व्यवस्था गरियोस् ।


